मुख्य समाचार

माघसम्म देशभर 4G सेवा सञ्चालनमा ल्याउने

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G सेवाको ‘सफ्ट लञ्च’ गरेको छ । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे । अन्य स्थानमा भने विस्तार गर्दै लैजाने नेपाल टेलिकमले जनाएको छ ।

फोरजी सेवा आगामी माघसम्म देशका सबै भागमा विस्तार गर्ने लक्ष्य टेलिकमले राखेको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर उक्त सेवा पुर्‍याउने लक्ष्य साथ काम भइरहेको टेलिकमले जनाएको छ । यो सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब खर्चिएको छ । ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वका साथ सुरु गरिएको छ ।

फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग गत माघमा सम्झौता भएको थियो । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो ।

नेपाल टेलिकमले यो सेवा ८०० मेगाहर्ज र १८०० मेगाहजको फि्रक्वेन्सीमा चलाएको छ । अब २३०० मेगाहर्ज पनि फोरजीका लागि उपयोग गरिनेछ । टेलिकमले यो सेवालाई ‘एलटीई ए’ अर्थात आधुनिक एलटीई भनेको छ । यसमा अधिकतम् २४७ एमबीपीएसको गतिमा डाटा सेवा प्राप्त हुन्छ । औसतमा यस्तो गति १३० एमबीपीएस रहेको टेलिकमको दाबी छ ।

यो पनि पढनुहोस्

4G सेवा सञ्चालन भएका जिल्लाहरु र शहरहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!