सूचना प्रविधि

तपाईंको मोबाइल फोनमा 4G सेवा कसरी सेट गर्ने ?

तपाईंको मोबाइल फोनमा 4G कसरी सेट गर्ने ? नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G सेवाको ‘सफ्ट लञ्च’ गरेको छ। फोरजी तत्काल काठमाडौँ उपत्यका र पोखराका अधिकांश क्षेत्रमा उपलब्ध छ । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे । अन्य स्थानमा भने विस्तार गर्दै लैजाने नेपाल टेलिकमले जनाएको छ ।

फोरजी भनेको के हो ?

फोरजी (4G) भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ (Fourth Generation Wireless) अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो, जुन मोबाइल इन्टरनेट प्रविधिमा स्थापित सवैभन्दा पछिल्लो प्रविधि हो । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) को मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । लङ ट्रम इभोलुसन प्रविधिधमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा नै फोरजी हो।

के फाइदा गर्छ ?

फोरजी मार्फत उच्च गतिमा इन्टरनेट प्राप्त हुन्छ । त्यसकारण श्रव्य दृश्य सामाग्रीहरु लगायत बढी ब्याण्डविथ आवश्यक हुने इन्टरनेट सामाग्री सजिलै हेर्न वा सुन्न सकिन्छ । अर्थात् तपाइँले फोरजी प्रयोग गरेर युट्युबमा सजिलै फिल्महरु हेर्न तथा गीत सुन्न सक्नुहुन्छ । फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

कहाँ कहाँ छ फोरजी ?

नेपाल टेलिकमले सुरु गरेको फोरजी तत्काल काठमाडौँ उपत्यका र पोखराका अधिकांश क्षेत्रमा उपलब्ध छ । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे । अन्य स्थानमा भने विस्तार गर्दै लैजाने नेपाल टेलिकमले जनाएको छ ।

फोरजी चलाउन के के आवश्यक छ ?

तपाइँको मोबाइल र सीम कार्ड फोरजी सपोर्ट गर्ने हुनुपर्छ ।

कसरी थाहा पाउन सकिन्छ चल्छ कि चल्दैन?

मोबाइलको नेटवर्क सेटिङमा गएर फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । त्यहाँबाट तपाँइले फोरजी र एलटिई रहे नरहेको हेर्नुपर्छ। साथै नेपाल टेलिकमको नेटवर्कमा फोरजी एलटिई सेवा सुचारु गर्नका लागि तपाइँको मोबाइल फोनले १८ सय मेगाहर्ज ब्याण्डमा काम गर्छ कि गर्दैन भन्ने सुनिश्चत गर्नुपर्छ।

तपाइँको सीमले फोरजी सपोर्ट गर्छ कि गर्दैन ?

मोबाइलमा *444# डायल गरी प्राप्त निर्देशन अनुसार परीक्षण गर्न सकिन्छ। यदि सीमले सपोर्ट नगरे काठमाडौँको चाबहिल, हात्तिगौडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जाउलाखेल, साझाभवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट सीमकार्ड परिवर्तन गर्नुपर्छ।

सेटिङमा कुन APN प्रयोग गर्ने ?

थ्रीजी सेवाका लागि प्रयोग भएको ntnet वा ntwap मध्ये कुनै APN फोनमा प्रयोग गर्नुपर्छ।

कति पैसा लाग्छ ?

फोरजी सेवा लिनका लागि हाल छुट्टै शुल्क तिर्नुपर्दैन ।

टुजी र थ्रीजी भन्दा कति महङ्गो छ ?

अहिलेलाई फोरजी सेवा टुजी र थ्रीजी सेवाकै दरमा टेलिकमले उपलब्ध गराएको छ। फोरजीका लागि डाटा प्याकेजहरु तयार भैसकेका छैनन् ।

फोरजी लिएपछि हालको डाटा प्याकेज के हुन्छ ?

फोरजीको स्पिडमा नै पुरानै प्याकेज अनुसारको डाटा उपयोग गर्न पाउनु हुनेछ।

यो पनि पढनुहोस्

के हो फोरजी (4G) ?

मास्टर कार्ड र यसका फाइदाहरु

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!