अन्तर्राष्ट्रिय समाचार

जियोनीको नयाँ स्मार्टफोन पी ६ सेल्फी लभर्सका लागि

जियोनीले सार्वजनिक गरेको नयाँ स्मार्टफोन पायोनियर पी६ (Pioneer P6) को विशेषता अन्तरगत यसमा एलइडी फ्ल्याश सहितको २ मेगापिक्सलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । यो स्मार्टफोन सेल्फी मनपराउनेहरुलाई निकै आकर्षक हुनसक्दछ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाडकोर मिडियाटेक ६५८२ प्रोसेसरयुक्त छ भने यो एन्ड्रोयड किटक्याट ४.४ भर्सनमा आधारित रहेको छ । जियोनीको नयाँ स्मार्टफोनमा १ जीबीको र्याम छ भने ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीको माध्यमबाट बढाउन सकिन्छ ।

पी६ स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सल रियर क्यामरा छ । यसको रियर क्यामरामा फेस ब्यूटी, प्यानोरामा, फेस डिटेक्शन, जियो ट्यागिंग, टच टू फोकश, स्माइल सटलगायतको अप्शन राखिएको छ । यो फोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ भने यसको ब्याट्री क्षमता १९५० एमएएच क्षमताको रहेको छ ।नेपाल जियोनीको यो स्मार्टफोन टेलिटक प्रालिले आयात तथा बिक्री गर्दै आएको छ । नेपालमा यो स्मार्टफोन कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!