सूचना प्रविधि

यी हुन् 4G चल्ने स्मार्टफोनहरु

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G सेवाको ‘सफ्ट लञ्च’ गरेको छ । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे ।

फोरजी सार्वजनिक हुँदा तीव्र गतिको मोबाइल इन्टरेनट सेवा नेपालमा पनि सुरु भएपछि हामीले प्रयोग गर्दै आएको थ्रीजी सेवामा १४ एमबीपीएसको गतिमा डाटा उपलब्ध थियो । तर अब फोरजी सेवा सञ्चालनमा आएपछि यसको गति ३२.४ एमबीपीएस पुग्नेछ जुन थ्रीजीको तुलनामा दोब्बरभन्दा पनि बढी हो । टेलिकमले यसको क्षमतालाई विस्तारै बढाउँदै लगी ७५ एमबीपीएससम्म पु‍र्‌याउने योजना बनाएको छ ।

त्यसका लागि फोरजी चल्ने मोबाइल सेट छ कि छैन त्यो महत्त्वपूर्ण हुन्छ किनभने जुनसुकै मोबाइल फोनमा फोरजी इन्टरनेट चल्दैन । फोरजी सञ्चालन गर्न त्यसलाई सपोर्ट गर्ने आवश्यक पर्छ । नेपालमा अहिलेसम्म भित्रिएका तीन दर्जनभन्दा बढी ब्रान्डमध्ये दुई दर्जन जतिले फोरजी इन्टरनेट सपोर्ट गर्ने स्मार्टफोन भित्र्याइसकेका छन् ।

नेपालको परिवेशमा अहिलेसम्म फोरजी सपोर्ट गर्ने मोबाइलको आयात नै न्युन रूपमा भएको छ । अहिले काठमाडौं र पोखरामा स्मार्टफोन बोक्नेमध्ये ५० प्रतिशतको हातमा पनि फारेजी सपोर्ट गर्ने स्मार्टफोन छैनन् । यसरी हेर्ने हो भने फोरजी चलाउन इच्छुक ग्राहकले फोरजी सपोर्ट गर्ने मोबाइल सेट नभएमा फोरजी सपोर्ट गर्ने नयाँ मोबाइल खरिद गर्नु अनिवार्य हुनेछ ।

हाल नेपालमा भन्डै दुई दर्जनभन्दा बढी ब्रान्डका फोरजी सपोर्ट गर्ने सयौं फोन भित्रिएका छन् । सामसुङले ए फाइभ (२०१६), ए सेभेन (२०१६), एस सिक्स फ्ल्याट, एस सिक्स एज, जे टु (२०१६), जे थ्री, जे सेभेन(२०१६), जे फाइभ (२०१६), जे म्याक्स ट्याब, नोट फाइभ, जे फाएभ प्राइम, जे सेभेन प्राइम र एस सेभन एज लगायतका फोरजी चल्ने स्मार्टफोन बजारमा ल्याएको सामसुङका प्रोडक्ट म्यानेजर सौरभ करनजीतले बताए । त्यस्तै हुवावेका वाइ ६ प्रो, जीआर थ्री, वाइ सिक्स सीडीएमए, अनर फार एक्स, जीआर फाइभ, जीआर फाइभ मिनी, पी एट लाइट, जी सेभेन प्लस, पी नाइन, मेट एट र जीआर फाइभ (२०१७) फोनमा फोरजी सपोर्ट गर्नेछ ।

फारजी सपोर्ट गर्नेमा एप्पलको आइफोन सिक्स, सिक्स प्लस, आइफोन एसई, आइफोन फाइभ एस, आइफोन फाइभ, आइफोन एयर टु, आइप्याड मिनी फोर, आइप्याड प्रो, आइफोन सेभने र सेभन प्लस रहेका छन् । त्यस्तै साओमीको रेडमी टु, रेडमी प्रो टु, रेडमी नोट टु, रेडमी नोट थ्री, मि म्याक्स, एमआइ फाइभ, रेडमी थ्री प्रो, रेडमी थ्री एस, रेडमी नोट फोर मोडलका स्मार्टफोनमा फोरजी सपोर्ट गर्ने कम्पनीले जनाएको छ । जेडटीईले बजारमा ल्याएका ब्लेड एस सिक्स, ब्लेड डी थ्री, ब्लेड डी टु, ब्लेड एल फाइभ, ब्लेड एल फाइभ प्लस, ब्लेड एस सेभन फोनमा फोरजी चल्नेछ । त्यस्तै ओप्पोले फोरजीको सपोर्ट गर्ने एफ-१ एस, ए-३७ र नियो-७ फोन बजारमा ल्याएको छ भने कलर्सले अहिलेसम्म बजारमा एउटा मात्र फोरजी सपोर्ट गर्ने मोबाइल इलाइट ई २० भित्र्याएको छ ।

त्यस्तै जियोनीका एस सिक्स एस, एस सिक्स प्रो, एम प्लस फाइभ, एम फाइभ लाइट मोबाइलले फोरजी सपोर्ट गर्नेछन् । एचटीसीको डिजाएर ६२७, डिजाएर ७२८, डिजाएर ६३०, डिजाएर ६२८ र डिजाएर ८३० मा फोरजी सपोर्ट गर्नेछ । लेनेभोको बजारमा ए २०१०, भाइब सी (ए २०२०), भाइब पी१एम, मे थ्री नोट, के फार नोट, के फाइभ नोट, भाइब के फाइभ गरी सात मोडलको फोरजी सपोर्ट गर्ने स्मार्टफोन बजारमा रहेको छ । मेजुले मेजु एमथ्री एस र एम थ्री नोट गरी दुई वटा स्मार्टफोन भित्र्याएको छ । त्यस्तै माइक्रोम्याक्सले बजारमा ल्याएका क्यू ४१३, क्यू ४६५, क्यू ४६२, ई ४५१, ई ४८१, ई ४८५ फोनमा फोरजी सपोर्ट गर्नेछ भने माइक्रोम्याक्सले नै भित्र्याएको युनीकर्नको वाईयूमा पनि फोरजी सेवा उपलब्ध छ ।

यो पनि पढनुहोस्

के हो फोरजी (4G) ?

तपाईंको मोबाइल फोनमा 4G सेवा कसरी सेट गर्ने ?

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!