जीवनशैली

जाँड रक्सीले बिगारेको आजको समाज

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्तो छ जाँड रक्सीले बिगारेको आजको कलियुगको समाज, जानी राखौ । नेपालमा सभा होस् या पार्टी होस् या कुनैपनि काममा किन नहोस् आजकाल रक्सी वियर नभएको पार्टी हुदैन । यदि यसो गरिएन भने शायद कोही नआउन पनि सक्छ । मैले सुनेको थिए रक्सी वियर नभएको ठाउँमा को जाने मत जान्न भनेको थुप्रैको मुखबाट सुनेको थिए ।

जाँड रक्सीबाट सरकारलाई बढी टेक्स उठेको छ भने कार्यकर्ता पनि यसै लतको पछि नाची रहेको वर्तमान अवस्थाले देखाएको छ । यदि चुनावमा रक्सी र वियर नभई दिएको भए भोट हाल्ने मानिस पाउन समेत गार्हो हुने थियो होला । देशको अवस्थालाई नियालेर हेर्ने हो भने सवैभन्दा नेपाली जनतालाई विगार्ने यहि तत्व बढी देखिएको छ ।

अभिभावकको गल्तीले गर्दा सन्तानले समेत पिडा भोग्नुपर्ने हुन सक्छ । रक्सी जस्ता पेय पदार्थमा प्रतिबन्ध लगाउनुपर्ने व्यक्तिले नै यस्ता पदार्थ खाएर गलत काम गर्नुलाई हजुर के भन्नु हुन्छ ? सहि व्यक्तिले खान्छ भने पनि उ भ्रष्ट हुन सक्छ । जसले गलत क्रियाकलाप गर्न उक्साएको हुन्छ । मानिस सहि भएर के गर्न ? यो पाठ हरेकले बुझ्न आवश्यक छ ।

मलाई एउटा कथा लेख्न मन लाग्यो । अकबर बिरबल बाहिर घुम्न निस्केका बेला एकजना जड्याले बाटो छेकेर हात्तीको मोल कति भनेर सोधेछ । यो सुनेपछि भोली दरबारमा हाजिर गराउनु भन्ने हुकुम भएछ । भोली पल्ट दरबारमा हाजिर गराउदा अकबरले भनेछन् मानुभाव पैसा कति लिएर आएका छौ भनेर सोधेको उत्तरमा हात्ती किन्ने हिजो नै गई सके म मात्र आएको छु भनेछ । यहाँ हिजो उसले रक्सी खाएको थियो गलत गर्यौ आज उसले खाएको थिएन सहि जवाफ दिन सकेन ।

नोट : आज जतिपनि गलत काम भए सवै जाँड रक्सी जस्ता पेय पदार्थको कारणले गर्दा भए यस्ता पदार्थमा प्रतिबन्ध लगाउनु पर्छ । मापसे चेक गरेर मात्र उसलाई कुनै पनि काम गर्न अनुमति दिनुपर्छ । रक्सी पिएर आउने जोसुकै किन नहोस् उसलाई शशक्त कार्बाही गरेको हुनुपर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

जाडोमा जिऊ तताउने भनेर रक्सी पिउनु हानिकारक

रक्सी सेवनका नकारात्मक असरहरु

रक्सीको लत छोड्न ज्वानो

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

रक्सी पिउँदा किन मात लाग्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!