राजनीति

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

म नेपाली हु भन्ने अनुभुति त्यति बेला साकार हुनसक्छ जतिबेला सवै नेपालीको भावनालाई समेटेर अघि बढ्न सकिन्छ । नेपालको सन्दर्भमा धर्म संस्कृति नै छैन भने हरेक नेपाली पहिचान खोज्न कहाँ जाने सोच्नुपर्ने बेला आएको छ । हरेक नेपालीले मान्ने धर्म संस्कृति फरक-फरक हु्न्छ तर हरेक धर्मको छाता संगठन भनेको हिन्दू धर्म हो जसले अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल एक मात्र हिन्दु राष्ट्र भनेर चिनिएको थियो ।

हाम्रा राजनीतिक नेतृत्वले बिदेशमा जाँदा म नेपाली हुं भन्नासाथ म हिन्दू हुं भन्ने शब्दको उच्चाहरण त्यसै हुने गर्थ्यो भने एउटा अमेरिकन नेपाल आउँदा ऊ पक्कै क्रिश्चियन हो भन्ने पहिचान दिलाएको हुन्छ । यस्तो सानो कुरामा पनि नबुझी आज नेपाललाई प्रतिशोधात्मक शैली अपनाएर जुन काम अरूको भनाईमा गरिएको छ गलत भएको छ ।

नत्र धर्म निरपेक्षता लाद्नुको औचित्य के छ ? जसले जे गर्छ हामीले त्यही गर्नुपर्छ र ? आज नेपालको बिकासमा धर्मसंस्कृति बाधक होइन तर धर्म निरपेक्षता बाधक भएको देखिन थालेको छ । स्वार्थमा हरेक नेपाली डुब्दै छन् । न यहाँ धर्म संस्कृतिको डर छ नत कानुनको नै डर छ ।

सेक्स एउटा यस्तो घृणित कार्य हो जसले बैबाहिक जीवनलाई नर्क बनाएको छ । परिवारको सुखका लागि होस वा श्रीमतीको दु:ख पिडा देख्न नसकेर किन नहोस् मानिस आफ्नो मात्रै नभई परिवारको खुसी चाहन्छ तर समयले भने अर्कै खेल खेलेको देखिन्छ ।

विदेशमा सकी नसकी काम गरेर घरमा पैसा पठाएको हुन्छ । तर त्यो पैसाको सदुपयोग नभई दुरुपयोग भएको हुन्छ । श्रीमान् विदेशमा भए श्रीमती अर्काको छोरासंग मोज मस्तिमा हुन्छन् भने श्रीमान अर्काको श्रीमतीलाई होटल होटल लगेर कमाएको पैसा बर्बाद पारेका अनेकौं घट्ना हाम्रो समाजमा देख्न सकिन्छ ।

मानिस किन यति स्वार्थमा डुब्दैछन् । नेपालकै कुरा गरौं जनताले तिरेको करबाट देशमा साना ठूला उद्योग स्थापना गराउन सके सबैले रोजगारी पाउने थिए । हामी नेपाली किन यति धेरै गलत क्रियाकलापमा उन्मुख हुदैछौं यो कसैलाई हेक्का नहुन सक्छ तर मेरो विचारमा यस्तो गलत काम गर्नमा पराईको धर्मले उक्साएको छ यो नितान्त गलत छ । यसको पछिको कारणले देशको राष्ट्रियताको नै दिन प्रतिदिन खतरा बढ्दै गएको देखिन्छ ।

जब जब मानिसले आफ्नो धर्म संस्कृति भुल्न थाल्छ र गलत कामतर्फ उसको ध्यान जान थाल्दछ भने पतनको बाटो लाग्न थालेको संकेत बुझ्नुपर्छ । धर्म संस्कृति देवी देवता नमान्ने मानिस पशु समान हुन्छ । उसको मनमा पाप के हो ? पाप गरे के हुनसक्छ ? भन्ने डर भएन भने उसले मनपरी गर्न थाल्दछ ।आज देश ओरालो लाग्नुको ठोस कारण यही हो । आज हामीले धर्म संस्कृति त्यागेर पराई धर्म अगाल्दै छौं यसले कालान्तरमा ठूलो समस्या भित्राउने संकेत देखिन थालेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!