स्वास्थ्य

अल्जाईमर रोग र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिर्सने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण शुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन् । विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरणशक्ति ह्रास हुनु हो । विस्मृति रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढंगले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन् ।

तत्कालैका घटना, फोन नम्बर, समय तालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रम समेत बिर्सिन्छन् । अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोरिरहन्छ ।

उपचार

१. ब्राह्मी बुटी (बैद्यनाथ) को २ गोली दिनमा २ पटक गाईको दुधसंग खान दिने ।

२. शंखपुष्पी बैद्यनाथको ३ चम्चा दिनमा २ पटक समभाग पानी मिलाएर खानापछि दिने ।

३. औषधि बनाउने तरिका : १६ चम्चा सोफको दाना, ६० दाना बदाम, १६ चम्चा मिश्री

सबैलाई मिलाएर मिक्सरमा राखेर पिस्ने र सिसाको भाडामा राख्ने । एक चम्चा साँझ सुत्ने बेलामा गाईको दूधसंग नित्य ३ महिना खानाले उपरोक्त समस्या हल गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्   

मधुमेह (Diabetes) र यसको उपचार

जोर्नी दुख्ने रोग र उपचार

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

मुटु रोग र यसको उपचार

नाकमा मासु पलाउने रोग र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!