धर्म-सस्कृति

धर्म संस्कृति के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धर्म संस्कृति के हो ? संस्कृतिको संरक्षणको सवालमा आस्तिकता र नास्तिकताको प्रश्न छैन । धर्म सापेक्षता र निरपेक्षताको मुद्दा छैन । संस्कृति भनेको जीवन पद्दति हो । परम्परादेखि चलिआएका मूल्यहरूको संग्रह हो । संस्कृति भनेको मानिसले समाजमा बाँच्ने, समूहवद्ध जीवन व्यतित गर्ने संस्कार हो । संस्कार जन्माउने, हुर्काउने र त्यो अनुसार जीवन निर्वाह गर्ने उपक्रम संस्कृति हो ।

हिन्दू जीवन पद्दतिमा संस्कृति र धर्ममा अन्तर छैन । नेपाली संस्कृतिको आधार भनेको वैदिक धर्म हो । हिन्दू धर्म हो । बौद्ध धर्म भनेतापनि यो एउटा दर्शन हो । गौतमबुद्ध हिन्दू राजकुमार नै हुन् । नेपालको धर्तिमा पलाएका सबै सम्प्रदाय र दर्शन, विचारधारा हिन्दूत्वमा नै आधारित हुन् ।

कुनै पनि देशको धर्म, संस्कृति, परम्परा त्यो देशको प्राण हो, आत्मा हो । जलवायु, भौगोलिक समानता, राजनीतिक व्यवस्थामा समानता एकजस्ता भएपनि एउटा राष्ट्र अर्काे राष्ट्रसँग संस्कृतिको विषयमा मात्रै फरक हुन्छ । अन्यथा सबै देशका चाहना भने एकनासका नै हुन्छन् ।

संस्कृति र धर्म रक्षाको लागि मृत्यु समेत हुने गरेका छन् । त्यो देशको सीमानाभित्र बसोबास गर्ने नागरिकहरूको सांस्कृतिक पक्षलाई सुरक्षित राख्नको लागि अर्थात् राष्ट्रिय पहिचान कायम गर्नको लागि सेनाको व्यवस्था गरिएको हुन्छ ।

आज नेपालमा मान्ने धर्म संस्कृति नै छैन भन्ने प्रश्न चिन्ह खडा भएको देखिन थालेको छ । हरेक राष्ट्रले मान्ने आफ्नै धर्म संस्कृति हुन्छ । नेपालीले आफ्नो विकास नगरे अन्तर्राष्ट्रिय स्तरको त्यो पनि विदेशी धर्म अगालेर अहिले देशमा मात्र होइन विदेशीले पनि नराम्रो तरिकाले हेर्ने गरेको देख्दा यो नेपालीको लागि ठूलो दुर्भाग्य देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!