धर्म-सस्कृति

ऋतु, महिना, दिन, बार र सङ्ख्या सम्बन्धी लोकविश्वास

ऋतु, महिना, दिन, बार र सङ्ख्या सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

ऋतु, महिना, दिन, बार र सङ्ख्या सम्बन्धी लोकविश्वास

१) अवधि समाजमा-मङ्गलबार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन। बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ(त्रिपाठी, २०६२:८)।

२) अवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मङ्गलबार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ (त्रिपाठी, २०६२)।

३) शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ।

४) धिमाल समाजमा बुधबार नयाँ घरमा सर्ने र बिहिबार र शुक्रबार नयाँ कपडा लगाउँदा शुभ हुन्छ भन्ने विश्वास छ (दिवस, २०३९:२२७)।

५) मंगलबारको दिन रात्रीमा बरपीपलको बोटमुनि बोक्सीहरू नाच्ने र बोक्सेरो सिक्ने कार्य हुन्छ भन्ने लोकविश्वास छ।

६) इङ्गलैण्डको डेबोन सायर प्रदेशका मानिसहरूमा आइतबारको दिन नङ काट्नु र दाढी काट्नुलाई अशुभ मान्ने विश्वास छ (उपाध्याय, १९८८ इः १३३)।

सङ्ख्या सम्बन्धी लोकविश्वास

१) जापानमा तेह्र अङ्कलाई अशुभ मानिन्छ। त्यसैले त्यहाँ तेह्र सङ्ख्या प्रायः प्रयोग गरिदैन।

२) हिन्दू समाजमा बिजोडा सङ्ख्याप्रति विशेष विश्वास छ। यो शुभ-अशुभ दुवै सन्दर्भमा प्रयोग हुन्छ। साततोली बाचा, नौतोली बाचा, तीनतोली बाचा, नवरस, नवदुर्गा, सप्तषिर्, त्रिलोक, पञ्चगव्य, पञ्चामृत, पञ्चायत आदि।

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!