धर्म-सस्कृति

पशुपक्षी सम्बन्धी लोकविश्वास

पशुपक्षी सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

पशुपक्षीसम्बन्धी लोकविश्वास

१) यात्राको बेला बाच्छा-बाच्छीलाई दुध चुसाउँदै गरेको गाईको दर्शन ज्यादै शुभ हुन्छ।

२) बिहान सबेरै आँगनको डिलनेर आएर काग कराएमा कुनै अतिथि आउँदैछन् भन्ने विश्वास गरिन्छ।

३) भारतमा मार्ग महिनामा नाग देखिएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ (१९८८इः११६)। राप्ती क्षेत्रमा बर्षा मौसममा साप देखिएमा वषरात हुने र नागपञ्चमीपछि नाग देखिएको लाई अपशकुन ठानिन्छ (आचार्य, २०६२ : ११२)।

४) कागको जिभ्रोको मासु खाएमा मानिस अमर हुन्छ भन्ने भारतमा लोकविश्वास छ (उपाध्याय, १९८८इः१०२)।

५) इङ्गलैण्डमा प्रातः कालमा भाले बास्यो भने प्रेतात्माहरू यो लोक छाडेर भाग्छन् भन्ने लोकविश्वास छ (पूर्ववत् : ११२)।

६) यात्रामा बिरालोले बाटो काटेमा वा छेपारोले बाटो काटेमा अपशकुन मान्ने लोकविश्वास छ।

७) रात्रीमा बुद्रुङ नामको चरो एकोहोरो कराएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

८) कुकुर एकोहोरो स्वरमा रोयो भने गाउँघरमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ।

९) घरको धुरीमा गिद्ध बस्यो भने अशुभ हुन्छ भन्ने लोकविश्वास छ।

१०) मरेको गोरुको टाउको बारीको छेउँमा ठड्याएर राखेमा बाली नालीमा कसैको आँखा नपर्ने लोकविश्वास छ (दिवस, २०३९ः २२१)।

११) चल्ला काडेको डिम्बाको खोस्टा काठमा उनेर घरको छानामा या बारमा राखेमा कुखुराका चल्लालाई चील, काग वा अन्य पन्छीले खाँदैनन् भन्ने विश्वास धिमाल र थारु जातिमा पनि छ -पूर्ववत्)।

१२) गाउँको नजीकमा प्रायः रात्रीमा ˆयाउरो एकोहोरो कराएमा गाउँमा कुनै अनिष्ट हुन्छ भन्ने विश्वास छ।

१३) हिन्दु धर्ममा तीन् जना घर बात बाहिर् जानु हुदैन भन्ने बिश्वास् गरिन्छ !

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!