धर्म-सस्कृति

मानव अंग वा आंगिक क्रिया सम्बन्धी लोकविश्वास

मानव अंग वा आंगिक क्रिया सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ ।  लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

मानव अंग वा आंगिक क्रिया सम्बन्धी लोकविश्वास

१) बाडुली लागेमा कसैले प्रेमपूर्वक सम्झना गरेको र घाँटी खस्खसाएमा कसैले कुरा काटेको वा आलोचना गरेको भन्ने लोकविश्वास छ।

२) पाइतला चिलाएमा कतै यात्रा गर्नुपर्छ भन्ने लोकविश्वास छ।

३) हात चिलाएमा निकट भविष्यमा कसैबाट पैसा पाइने र नङ फुलेमा नयाँ कपडा प्राप्त हुने लोकविश्वास छ।

४) भोजपुरी प्रदेशमा भाद्र शुक्ल तृतीयाका दिन गरिने तीज व्रतको विधानअनुसार नवविवाहिता बुहारीको शरीरको कुनै भागमा बलेको बत्तीले पोल्ने र यसरी पालेको ठाउँमा राम्ररी फोकाहरू उठेमा उसको दीर्घ सौभाग्यको लक्षण मानिने विश्वास छ (उपाध्याय, १९९०इः२८-२९)।

५) पुरुषको देब्रे आँखा र महिलाको दाहिने आँखा फर्फराएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ।

६) धिमाल जातिमा ओठ फर्फराए वा दाँत चिलाए मासु खान पाइन्छ भन्ने जनविश्वास छ (दिवस, २०३९ः २२४)।

७) जिभ्रो टोकिए निकट भविष्यमा मासु खान पाइन्छ भन्ने लोकविश्वास छ।

८) बिरामी ‘हाइ’ गरेमा रोग लम्बिने र छिउँ छिउँ आए चाँडै निको हुन्छ भन्ने लोकविश्वास छ (दिवस, २०३९ः२२४)।

९) जिभ्रोको टुप्पो कालो हुने मानिस बोक्सी हुन्छ भन्ने विश्वास छ।

१०) निधार वा ललाट ठूलो वा चौडा हुने व्यक्ति बौद्धिक हुन्छ भन्ने लोकविश्वास छ।

११) कान लामा हुनू शुभ हुन्छ भन्ने लोकविश्वास छ।

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!