धर्म-सस्कृति

स्वर्ग-नर्क तथा पाप-पूण्य सम्बन्धी लोकविश्वास

स्वर्ग-नर्क तथा पाप-पूण्य सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वास

१) गाउँ नजीकमा बर-पीपल लगाउनू र त्यस वरपरि चौतारो बनाई ती जोडीको विवाह गरिदिएमा पूण्य मिल्छ र मृत्युपछि स्वर्ग गइन्छ भन्ने लोकविश्वास छ।

२) मार्गको ठाउँ ठाउँमा पाटीपौवा तथा धर्मशाला निर्माण गरिदिएमा पूण्य मिल्छ भन्ने लोकविश्वास छ।

३) यस जुनीमा गरीब-दुःखीहरूलाई सहयोग गरी सेवा गरेमा पूण्य प्राप्तभई अर्को जुनीमा सुख-संमृद्धि प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

४) यस जुनीमा सत्यनारायणको पूजा, लक्ष्यवर्तिका, सप्ताह, कोटीहोम जस्ता यज्ञयज्ञादी लगाई दान गरेमा पूण्य प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

५) हिन्दू लोकजीवनमा गङ्गाको नाम स्मरण गरेमा, गङ्गाको पूजा गरेमा, गंगा स्नान गरेमा मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ। मृत्यु शैयामा मानिसको मुखमा गङ्गाजल र तुलसी हालिदिएमा उसको सद्गति हुन्छ भन्ने लोकविश्वास छ।

६) तिहार पर्वमा दिदीबहिनीहरूले दाजूभाइलाई टीका लगाउनू अघि सङ्घारमा ओखर फुटाउँदा दाजुभाइका शत्रुहरू नष्ट हुन्छन् भन्ने लोकविश्वास छ।

७) भारतमा-माघ महिनाभरि यमुना नदीमा स्नान गरेमा पूण्य प्राप्त हुन्छ भन्ने लोकविश्वास छ। (उपाध्याय, १९८८इः६३)।

८) कुश ज्यादै पवित्र वनस्पति मानिन्छ, कुशमा भूतप्रेत भगाउने शक्ति छ भन्ने लोकविश्वास छ।

९) उत्तरी अमेरिकामा बस्ने भारतीय किओवा जातिका मानिसहरूले साधारण औषधि उपचार गर्ने व्यक्तिहरू मृत्युपछि उल्लूको रूपमा जन्म लिन्छन् भन्ने विश्वास गर्दछन् (उपाध्याय, १९८८इः १०७)। (एजेन्सीको सहयोगमा)

यो पनि पढनुहोस्

भुलेर पनि नगर्नुहोस यी २ स्त्रीको अपमान, अन्यथा जीवनभर कंगाल रहनुहुनेछ

स्वर्ग-नर्क तथा पाप-पूण्य सम्बन्धी लोकविश्वास

नीतिश्लोक अनुसार जीवनमा यी ७ कुराहरुलाई शंका गरेमा लाग्नेछ ठुलो पाप

स्वर्ग-नर्क तथा पाप-पूण्य सम्बन्धी लोकविश्वास

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!