धर्म-सस्कृति

जादु-टुना, देवता-राक्षस, धामी-बोक्सी, भूत-प्रेत सम्बन्धी लोकविश्वास

जादु-टुना, देवता- राक्षस, धामी-बोक्सी, भूत-प्रेत सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

जादु-टुना, देवता- राक्षस, धामी -बोक्सी, भूतप्रेत सम्बन्धी लोकविश्वास

१) रुख सुकेकालाई बोक्सेरो सिक्नेले पहिलो पटक आफ्नो बोक्सेरो विद्या प्रयोग गरेको ठानिन्छ। यसरी सुकेको रुख पुनः पलाएमा बोक्सेरो विद्या सफल भएको र सुकेकोसुक्यै भएमा बोक्सीले पूरै विद्या सिक्न नसकेको भन्ने लोकविश्वास छ।

२) खाउँखाउँ लाउँलाउँको उमेरमा मरेका महिलाहरू (सिधेनी-किचकन्नी) हुने र यस्ता किचकन्नीहरूका पाइतला पछाडि फर्केका तथा यिनका स्तनहरू ठूला र लामा हुने हुँदा स्तन काँध पछाडि राखेर हिँड्छन् भन्ने लोकविश्वास छ।

३) पश्चिममा सर्पको काँचुली, चौंरी गाईको पुच्छर, कुकुरको जिभ्रो, बिरालोको आँखा, छेपारोको पुच्छर, भेंडाको दाँत, बाँदरको कलेजो, बोकाको दाह्री तथा मानिसको बच्चाको रगत आदिलाई प्रेतात्मा आव्हान गरी ब्यूँझाउन सक्ने सामाग्री हुन् भन्ने लोकविश्वास छ (शेक्सपियरको म्याकबेथ)। पूर्वमा पनि भूतप्रेत ब्यूँझाउने कार्यमा यस्तै सामाग्री प्रयोग गर्ने गरिन्छ।

४) थारु जातिमा सानो बच्चालाई कतै लग्दा उसको हातमा सानो हँसिया दिने प्रचलन छ, यसो गरेमा बच्चालाई भूतप्रेतले बाधा पार्न नसक्ने लोकविश्वास छ।

५) राती सुत्दा कर्द, खुकुरी, हँसिया आदि फलामे औजार, कुकुर डाइनाको लौरो तथा धार्मिक ग्रन्थ सिरानमा राखेर सुतेमा ऐंठन नपर्ने र डाइनी-बोक्सी आदिले छल्ने, दुःख दिन नसक्ने लोकविश्वास छ (सुवेदी, २०५५:१७८)।

६) रात्रीको समयमा कतै बाहिर हिँड्नुपर्दा मन्त्रेको रायो सरसेउँ, खरानी तथा साथमा मएँर बाँसको लौरो र अग्निजन्य बस्तु राखेमा डाइनी, बोक्सी, भूत-प्रेत, मसान, चुरेनी आदिने छल्न नसक्ने लोकविश्वास छ।

७) मसानघाटमा मुर्दा जलाएर र्फकँदा बाटोमा काँढाको झ्याङले छेक्ने चलन छ। यसो गरेमा मलामीको पछिपछि मसानघाटका भूतप्रेत आउन सक्दैनन् भन्ने लोकविश्वास छ (सुवेदी, २०५५:१७८)।

८) भोजपुरी प्रदेशमा बाँसघारीमा चुडेलले निवास गर्छन् भन्ने लोकविश्वास छ (उपाध्याय, १९८८इः७५)।

९) तलको मन्त्र सातपटक जपेर मर्केको ठाउँमा कर्द स्याईँले ठोक्दै काँचो काठमा फुकेर झार्‍यो भने सड्के मर्केको सन्च हुन्छ भन्ने लोकविश्वास छ- लोहार्नी, लोहार्नी कहाँ जान्छ्यौ ?, गोल काट्न, के गर्ने गो ? , सड्क्यो, मक्र्‍यो झारी, काटी, सात समुन्द्र बहाई फाल्ने।

१०) पिनासको कथा तीनपटक भनेर खरानी फुकेमा पिनास सन्च हुन्छ भन्ने लोकविश्वास छ। -आचार्य, २०६३ः५५१-५५२)। यस अन्तर्गत अनेक प्रकारका मारण, मोहन र उच्चाटनसम्बन्धी तन्त्रमन्त्र उल्लेख गर्न सकिन्छ।

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!