धर्म-सस्कृति

भविष्य सूचना, शकुन-अपशकुन अन्य सम्बन्धी लोकविश्वास

भविष्य सूचना, शकुन-अपशकुन अन्य सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

भविष्य सूचना, शकुन-अपशकुन अन्य सम्बन्धी लोकविश्वास

भविष्य सूचना सम्बन्धी लोकविश्वास

१) तालचरा उत्तरबाट दक्षिणतिर उडेर गए भने हिँउद लागेको र अब वषरा हुँदेन भन्ने सूचनाका रूपमा लिने विश्वास छ।

२) बलिरहेको आगो भर्भराएमा वा हातको भाँडो खसेमा कुनै अतिथि घरमा आउँदैछ भन्ने लोकविश्वास छ।

३) कमीला बाटोमा ताँती लागेर हिँडेमा निकट भविष्यमा पानी पर्दछ भन्ने लोकविश्वास छ।

शकुन-अपशकुन सम्बन्धी लोकविश्वास

१) यात्रा आरम्भका बेला निःसन्तान महिला देखिएमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ।

२) यात्रा आरम्भमा दहीको ठेकी, हरियो सागको मुठो तथा जलले भरिएको घडा भेटिएमा शुभ हुन्छ भन्ने लोकविश्वास छ।

३) कतै यात्रा गर्न लाग्दा बाटोमा बाहुन, दमाई जातिका मानिस भेटिएमा शुभ मानिन्छ।

अन्य

१) मेघ गर्जनका साथ असिना पानी परिरहेको छ भने आँगनमा बन्चरो ठाडो पारिदिएमा बर्षरात बन्द हुन्छ भन्ने लोकविश्वास छ।

२) हिँड्दा ठेस लागेमा कसैले गाली गरेको हो भन्ने लोकविश्वास छ।

निष्कर्ष : ‘लोकविश्वास’ लोकजीवनले लामो अनुभवबाट आर्जित ज्ञान हो। यो स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ। कुनैकुनै विषयमा भने जतासुकै समानता पाइन्छ। लोकविश्वासका विषयहरूमध्ये धेरैजसो वैज्ञानिक कसीमा राखे पनि ठीक सावित हुने किसिमका देखिन्छन् भने केही विषयहरू युगका अन्तरालले असामयिक लाग्छन्। लोकविश्वासको जन्ममा प्रकृति र मानव मनको सहकार्य देखिन्छ। मानव सभ्यताको आरम्भिक कालदेखि नै यस्ता विश्वासहरू जन्मन थालेका हुन् भने २१ औं शताब्दीमा पनि ती विश्वासहरूले स्थान लिइरहेका छन्। अतः लोकविश्वास मानव बुद्धि र तर्कभन्दा पनि हृदय र अनुभूतिसँग नजीक छन् त्यसैले निरन्तर प्रचलनमा रहिआएका छन्।

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!