धर्म-सस्कृति

कल्याण-अकल्याण सम्बन्धी लोकविश्वास

कल्याण-अकल्याण सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

कल्याण-अकल्याण सम्बन्धी लोकविश्वास

१) दाङको थारु समुदायमा प्रचलित महाभारतको युद्ध अभिनयको रूपमा नाचिने बर्का नाच सम्पादन गरिएको वर्ष खेतीपाती राम्रो हुने र त्यस क्षेत्रमा शान्ति-संमृद्धि छाउने लोकविश्वास छ।

२) बच्चा जन्मेको छैठौं दिन रात्रीमा नवजात बालकको सिरानमा कापी, कलम, मसी, राखिदिने चलन छ। राप्ती अञ्चलतिर यस दिन रात्रीमा बालकको भाग्य लेख्ने भावी आउँछन् भन्ने लोकविश्वास छ।

३) रसियामा नयाँवर्षको पहिलो दिनलाई भाग्य हेर्ने दिनको रूपमा मनाइन्छ। यस दिन बिहानै युवतीहरू एउटा स्थानमा भेलाभई एउटा पानीले भरेको बाल्टिनमा आ-आफ्ना औंठी आदि सामान खसाल्छन्, हल्लाउँछन् र गीत गाउँछन्। बाल्टिन हल्लाउँदा जसको बस्तु माथि आउँछ उसको भाग्य राम्रो रहेको र बस्तु माथि नआउनेको भाग्य नराम्रो भएको विश्वास गरिन्छ।

४) रुसमा सिमिक र त्रोइत्सा नामका भाग्य हेर्ने पर्वमा युवतीहरू जंगलमा गई एकएक वटा विरोजा नामका रुख रोजेर रुखमा सानो घाउ खोपी घाउमा रेशमी कपडा बेरेर र्फकन्छन्। निश्चित दिनपछि गई रेशमी कपडा फुकालेर हेर्दा जसको रुखमा खोपेको ठाउँमा पालुवा लागेको छ उसको छिट्टै विवाह हुने र जस्को रुखमा पालुवा लागेको छैन उसको अझै विवाह नहुने विश्वास गरिन्छ (शुक्ल, १९७६इः ६९)।

५) जिसस क्राइस्ट मृत्युदण्डपछि ब्यँुतेको दिनलाई ‘इस्टर’ पर्वका रूपमा मनाइन्छ। रोमानियाँमा यस अवसरमा नाचगान गर्ने चलन छ। यस अवसरमा नाचगान गर्नाले खेतीपाती राम्रो हुने, उत्पादन बढ्ने र बिरामी परिँदैन भन्ने लोकविश्वास छ (जान लिङ, १९९७इः ७०)।

६) दिउँसोमा कथा सुन्ने-सुनाउने गरेमा छोराछोरी लाटा लठेबरा जन्मन्छन् भन्ने लोकविश्वास छ।

७) अवधि भाषी यादव समुदायमा (गुरू मुख भएका-गुरू भएका) पुरुषहरूले बिहिबारबो दिन दाढी-कपाल गर्न हुँदैन। त्यसो गरेमा गुरूलाई अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

८) अवधि भाषी यादव समुदायमा-एउटा मात्रै पुत्र भएका पुरुषहरूले सोमबार कपाल काट्न हुँदैन, कपाल काटेमा पुत्रलाई अनिष्ट हुन्छ भन्ने विश्वास छ।

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!