घरेलु उपचार

दमको रोग हुनुको कारण र घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दमको रोगबाट आफुलाई कसरी बचाउन सकिन्छ । यसको ठोस कारण के हो भन्नेबारे जान्न आवश्यक छ । दमको रोग लाग्नुका प्रमुख कारण र उपचारबारे प्रकाश पार्नेछौं । दमको रोगलाई अंग्रेजीमा Asthma भन्दछन् । यो रोगको प्रमुख कारणमध्ये वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दममा हुन सक्दछ ।

यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई दममा हुने गर्दछ । दममा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् ।

चुरोट खाने र धुवाँमा बस्ने गर्नाले भएको दमलाई सी.ओ.पी.डी.भन्दछन् । दम रोग श्वास प्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । धुवाँ, धुलो लगायतका वातावरणीय प्रदुषणबाट आफुलाई जोगाउनु पर्दछ । जाडो समयमा दमको रोग बढी हुन सक्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बचाउन सक्नु पर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्व का अन्दाजी २५,३० करोड मानिस दमको समस्याले आक्रान्त छन् भनेको छ । दम रोगका कारण हजारौंले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ । मृत्यु हुने मा ८५ प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुक का नागरिक पर्ने गर्दछन् । बालकहरुमा पनि देखिने यो रोग बालकहरु हुर्कंदै जाँदा घट्दै गएको पाइएको छ ।

दमको रोग हुनुमा अर्को कारणमध्ये फोक्सोको कमजोरी र शारीरिक कमजोरीलाई पनि लिएका छौ । जब मानिस कमजोर हुन थाल्छ त्यति बेला पनि दम बढ्न थाल्दछ । आजको लेखमा केहि घरेलु उपचारबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । भनिन्छ रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो हो । रोग यदि कमजोरीका कारण भएको भए कमजोरी हटाउने खालको उपचार गराएर रोगबाट आफुलाई बचाउने हर-सम्भव प्रयास गर्नु पर्दछ ।

दमको रोगबाट बचाउने केहि घरेलु उपचार

१. शुद्ध गाईको घिउलाई पकाएर दैनिक एक चमचबाट स्टाट गर्ने र क्रमश बढाउदै ५,६ चमच सम्म पुराउने गरेमा यो रोग जडैबाट समाप्त पार्न सकिन्छ ।

२. धतुराको सुकेको पात, असुराको सुकेको पातलाई ल्यायर पाको उमेरका व्यक्तिहरूलाई चुरोट जस्तै बनाएर सेवन गराएमा पनि यो समस्या हल हुन्छ ।

३. सुकेको अदुवालाई मसिनो गरि पिनेर हरेक दिन १ चम्चा अदुवाको धुलोलाई १ गिलास मनतातो पानीमा मिसाएर पिउनाले पनि दमबाट छुट्कारा पाउन सकिन्छ ।

४. क्याफिनले स्वास्नीलीलाई आराम प्रदान गर्दछ र तपाईँलाई स्वास फेर्न सहज गराउँदछ । कफी जति कडा भयो, त्यति नै राम्रो ! तर दिनमा ३ कपभन्दा बढी कफी नपिउनुहोस् ।

५. दमले आक्रमण गरेको बेला काँचो प्याँज चपाउनुहोस् । यदि काँचो प्याँजको स्वाद मन पर्दैन भने बफाएको प्याँज पनि खान सक्नुहुन्छ ।

६. अदुवाको रस र मह बराबर मिलाएर १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने यसले कफ फाल्दछ ।

७. एक चम्चा महसँग आधा चम्चा दाल्चीनी पाउडर मिलाइ सुत्नु भन्दा अगाडी सेवन गर्ने ।

८. पुरानो अमिलो अचार, अमिलो दही मोही नखाने साथै चिसो हुने खानेकुरा कम खाने । धुवाँ धुलो चिसो अस्वास्थकर वातावरणबाट आफुलाई सकभर बचाउने ।

९. पौष्टिक फलफूलको सेवन बढी गर्ने जाड रक्सी धुम्रपान नगर्ने ।

नोट : दमको रोगमा यो उपचार प्रयाप्त छैन । दमको समस्या देखिनासाथ डाक्टरको परामर्शमा उपचार गराउनु राम्रो हुनेछ । घरेलु उपचारले पनि केही राहत प्रदान गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको घरेलु उपचार

रुघाखोकीको घरेलु उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

खोकी र यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!