धर्म-सस्कृति

शास्त्र अनुसार अगरबत्ती मुखले फुकेर निभाउनु हुँदैन किन ?

शास्त्र अनुसार अगरबत्ती मुखले फुकेर निभाउनु हुँदैन किन ? जानी राखौ । धर्मशास्त्र धर्मसँग सम्बन्धित ग्रन्थहरूलाई भनिन्छ । जुन मुख्यत संस्कृत भाषामा उपलब्ध छ । यसमा वेद, उपवेद, उपनिषद, पुराण, गीता सबै स्मृतिहरू सम्मिलित छन् । हामी पूजाआजामा अगरबत्ती बाल्छौं । चाहे घरको पूजा कोठामा होस् वा मन्दिरमा, अगरबत्ती बालिन्छ । धार्मिक शुभकार्य र अनुष्ठानमा अगरबत्ती प्रयोग गरिन्छ । भनिन्छ, अगरबत्ती जलाएपछि त्यसबाट सुगन्ध फैलन्छ । यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा प्रवाह गर्छ । त्यही कारण, मन्दिर, गुम्बा जहाँ पनि अगरबत्ती बालिन्छ ।

धेरै धार्मिक क्रियाकलापहरूको अनिवार्य हिस्सा र घरेलु जीवनको एक परिचित पक्षको रूपमा, अगरबत्तीको मादक सुगन्ध एशिया महाद्विपको एक पर्याय पक्षको रूपमा लिइन्छ । नेपाली संस्कृतिमा अगरबत्तीको धेरै नै महत्व रहेको छ । अगरबत्तीमा सामान्यता प्रयोग हुने धेरै प्राकृतिक जडीबुटी, मसला, काठ तथा धूपहरू पनि नेपालमा नै पाइन्छन् । सुगन्धित पदार्थहरूको मिहिन रूपमा पिसेको धूलोलाई प्राकृतिक रुखको बोक्रा माक्को वा साल्ट पिटर रसायन जस्ता प्रज्वलनशील पदार्थसँग मिसाएर र बाँधेर र सुकाएर अगरबत्ती बनेको हुन्छ ।

हिन्दु धर्ममा पुजापाठका क्रममा अगरबत्ती महत्वपूर्ण मानिन्छ । अगरबत्ती विना पुजा नै हुँदैन भन्दा पनि हुन्छ । भगवानलाई चढाउन पनि अगरबत्ती चढाउने गरिन्छ । भगवानको भक्ति, अराधाना र स्तुतिका क्रममा पनि धुप, दीप र अगरबत्ति अनिवार्य हुन्छ । कतिपय मानिसहरु अगरबत्तीलाई फुकेर निभाउने गर्छन् । शास्त्रका अनुसार यसो गर्नु गलत काम हो ।

खासमा प्रकृतिमा पाँच तत्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) हुन्छन् । अग्नि त्यसमध्ये एक हो । हिन्दु धर्मशास्त्र अनुसार जलका देवता बरुण मानिन्छन् भने अग्निका देवता अग्निदेव । अगरबत्ती वा कुनै पनि आगो बल्ने बत्तीमा मुखले फुकेर निभाउनु अग्निको अपमान मानिन्छ । फुक्नु अग्निलाई जुठो बनाउनु पनि मानिन्छ ।

अग्निलाई जुठो पार्नु घरमा दरिद्रता निम्त्याउनु रहेको समेत शास्त्रमा उल्लेख छ । प्रकृतिका ५ तत्व मध्ये १ अग्नि यज्ञको प्रधान अंग समेत हो । यसले प्रकाश पर्ने सबैमा पुरुषार्थ प्रदान गर्ने समेत मानिन्छ । यसकारण जीवनको महत्वपूर्ण अंग अग्निलाई कहिले पनि मुखले फुकेर निभाउनु हुँदैन ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

धर्मशास्त्र अनुसार यी हुन् सुत्नै नहुने समय, जानी राखौ

शास्त्र अनुसार शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ?

शास्त्र अनुसार कुन आँखा फर्फराउँदा के हुन्छ ?

शास्त्र भन्छ : यस्ता औंला हुने स्त्री हुन्छन् धोकेवाज

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!