ज्योतिषशास्त्र

यदि आफूमा आएको दुर्भाग्यलाई हटाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्

यदि आफूमा आएको दुर्भाग्यलाई हटाउन चाहनुहुन्छ भने यसो गर्नुहोस् ! भनिन्छ नी भाग्यमानीको भुतै कमारो । हुनेलाई जहाँ र जे गरे पनि भइहाल्छ । तर कतिपय मानिसले धेरै मेहनत गर्दा पनि सफलता प्राप्त गर्न गार्हो परिरहेको हुन्छ । त्यसपछि मानिसले आफ्नो भाग्य र दुर्भाग्य बारेमा सोच्न थाल्दछ । आफूमा आएको दुर्भाग्यलाई परिवर्तन गर्न चाहानुहुन्छ भने एक पटक अवश्य २ मिनेट निकालेर पढ्नुहोस । मानिसहरु धर्म गर्न भन्दै विभिन्न मन्दिर जाने वा घरमानै देव देवताको मुर्ति राखेर पूजा गर्ने गर्छन् । विभिन्न तरिकाहरु अपनाएर वा विधिवत रुपमा पूजा आराधना गरेर भगवानलाई प्रसन्न गराउने कार्य गरिन्छ ।

शास्त्रमा उल्लेख गरिए अनुसार धर्म गर्ने भगवानको पूजा मात्र नगरेर आफ्ना दैनिक क्रियाकलापहरुमा ध्यान दिन आवश्यक हुन्छ । केही मानिसहरुले आफ्नो कर्मको फल स्वरुप राम्रै प्रतिफल पाउन सक्छन भने केहीले कडा मेहेनत र परिश्रमको बावजुद पनि सफलता हाँसिल गर्न नसक्दा निराश हुने गरेका छन् । आज हामी तपाईहरुलाई आफ्नो दुर्भाग्य, सौभाग्यमा बदल्ने उपायहरुबारे जानकारी दिन जाँदैछौँ । शास्त्रमा अनुसार यदि आफूमा आएको दुर्भाग्यलाई हटाउन चाहनुहुन्छ भने यसो गर्नुहोस् ।

१. यदि तपाईको कुनै पनि कार्य पूर्ण हुने नसकेको अवस्थामा तामाको भाँडोमा पनि भरेर राती आफू सुत्ने स्थानमा राख्नुहोस र विहान उठेर ७ पटक शिरदेखि चोख्याउने गर्दा तपाईका हरेक बाधा अड्चन हट्ने र बन्न नसकेका कामहरु पूर्ण हुँदै जाने गर्छ ।

२. कडा मेहेनत र परिश्रमको बावजुद पनि कुनै कार्य सफल नहुने र धन संचित गर्न नसकेको स्थितिमा नियमित रुपमा गाईको पूजा गर्ने गर्नुपर्छ । गाईलाई लक्ष्मी मानिने भएकाले विधिवत रुपमा पूजा गर्ने र विभिन्न परिकारहरु खुवाउने गर्दा लक्ष्मी माता प्रसन्न भई कृपा गर्ने हुँदा जीवनमा प्रशस्त धन आर्जन गर्न सकिन्छ ।

३. यदि मंगलबारको दिन पारेर मन्दिर गई ७ पटक हनुमान चालिस पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने र प्रसाद स्वरुप सबैलाई बाँडी आफू पनि खाने गर्दा भाग्य खुल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ ।

४. आफ्नो इष्ट देवताको पूजा नियमित रुपमा गर्ने गर्नुपर्छ । यसबाट भगवानको कृपा मिल्ने र आफूले सोचेका कामहरु सजिलै पूर्ण हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

५. विहान छिटै उठेर सूर्य देवतालाई तामाको भाँडोको जल अर्पण गर्दा पनि तपाईका सम्पूर्ण दु:ख कष्ट नाश हुने र जीवन सहज रुपमा निर्वाह गर्न सकिने मान्यता रहेको छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

समयलाई चिन नसक्नु दुर्भाग्य

विवाहपछि चम्किन्छ यो राशी हुनेहरुको भाग्य

वास्तुशास्त्रका यी ८ उपाय अपनाएमा चम्किनेछ तपाईको भाग्य

श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!