हेल्थ टिप्स

स्वास्थ्यको लागि भईकटहर खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्ता छन् स्वास्थ्यको लागि भईकटहर खानुका फाइदाहरू, जानी राखौं ! आजकाल यो जताततै पाईने फलफूल अन्तर्गत पर्दछ । अंग्रेजीमा भईकटहरलाई (Pineapple ) भन्दछन् । मलाई यो फल सारै मनपर्छ । स्वास्थ्यको दृष्टिकोणले यो धेरै महत्वपूर्ण छ । आजकाल जुस बनाउने कम्पनीहरूले यसको जुस बनाएर बजारमा ल्याएका छन् । स्वास्थ्यको दृष्टिकोणले ताजा जुस जस्तो फाइदा यसमा नहुन सक्छ ।

हेर्दा यो फल साधारण छ तर यसको फाइदा धेरै छ । हामीले आज यसको फाइदाबारे प्रकाश पार्नेछौं । फलफूल सेवन गर्दा मलाई लाग्छ वेफाइदा हुनै सक्दैन किनभने यसमा थुप्रै स्वास्थ्यवर्धक तत्व प्रशस्त पाइने हुनाले यो फल धेरै महत्वपूर्ण छ ।

फलफूल सेवन गर्दा हामीले हमेसा एउटा कुरा भुल्नु हुदैन भईकटहर काट्दा अन्तमा वीचको भाग राम्रोसंग काटेर फालेको हुनुपर्छ । भईकटहरको वीचको भाग विषालु हुन्छ । यसलाई काटेर फालेर मात्रै सेवन गर्नुपर्छ । गल्तीले यो भाग सेवन गरियो भने प्याज र दही सेवन गरेमा यसको असर हटाउदछ ।

भईकटहर सेवन उपवास बस्दा सेवन नगर्ने भनेको छ यसले हानी गर्छ । गर्भवती महिलाले पनि भईकटहर नखानु भनेको छ । हरेक राम्रो वस्तुमा पनि कहिन कहि खराब तत्व हुन सक्छ । फलफूल सेवले नोक्सान गर्दैन तर कस्ताले खानुहुदैन भन्नेबारे आफुलाई थाहा हुन आवश्यक छ ।

भईकटहर खानुका फाइदाहरू

१. अजीर्ण (अपच) पाकेको भईकटहरको साना-साना टुक्रामा कालो मरिच र सिधेनुन राखेर सेवन गर्नाले खाना नपच्ने समस्या हल हुन्छ ।

२. खाना खाँदा कहिलेकाहीँ कपाल निल्ने गरेको हुन्छ यसले पनि पेट दुख्ने गर्छ यो समस्या हल गर्न पाकेको भईकटहर खानाले बाल गल्दछ र निको हुन्छ । यसले बाल मात्र होइन सिसाका टुक्रा समेत गलाउछ ।

३. बहुमूत्र ( पिशाव धेरै पटक हुने) रोगमा पाकेको कटहरमा कालो मरिच र चिनी मिलाएर सेवन गर्नाले ठिक हुन्छ ।

४. गर्मी हटाउन भईकटहर बेजोड छ । साना-साना टुक्रा पारेर रस निकाल्ने रसमा चिनी मिलाएर सेवन गर्नाले गर्मी फाल्दछ ।

५. शरीर सुन्निएको भएमा भईकटहर उपयोगी औषधि मानिएको छ । पिसाबमा एल्बब्युमिन बढी जाने गर्छ भने दैनिक भईकटहर खानुस यो समस्या हल हुन्छ ।

६. भईकटहर शक्तिबर्धक हुनुको साथै प्यास कम गराउन राम्रो फाइदा गर्दछ । नियमित भईकटहर खानेहरूको दिमाग तेज गराउदछ । पिसाव सफा गराउदछ ।

७. नियमित भईकटहर खानाले शरीरमा भएको अनावश्यक बोसो फाल्दछ ।

८. अम्लपित्त मुखमा अमिलो पानी आउने समस्या भएमा भईकटहरमा कालो मरिच राखेर सेवन गर्नाले यो रोग निको हुन्छ ।

९. ब्लडको कमी हुनेले नियमित भईकटहर सेवन गर्नाले खुनको आपूर्ति गर्दछ । पाचनक्रियालाई समेत राम्रो फाइदा गर्दछ ।

१०. मधुमेह (शूगर) को रोगमा भईकटहरको रसमा तिल, हर्रो, बर्रो, अमला, गोखरू, जामुनाको फलको बीउ समभाग यानी १०/१० ग्राम मिलाएर केहि महिना सेवन गराउनाले यो रोग निको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आरुवखडा खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!