ज्योतिषशास्त्र

कस्तो हुनुपर्छ घरको ढोका ?

कस्तो हुनुपर्छ घरको ढोका ? वास्तुशास्त्र प्राचीन विज्ञान हो। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ । घरको ढोका वास्तुशास्त्र अनुसार सही ठाउँमा हुनुपर्छ । अन्यथा धेरै कुरामा समस्या आइपर्न सक्छ । घरको सुन्दरता बढाउने कुरामा ढोकाको महत्वपूर्ण भूमिका रहन्छ । ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ। घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन।

वास्तुशास्त्रमा घरको ढोका कस्तो हुनुपर्छ भन्ने जानकारी यस प्रकार छ।

१.   ढोकामा गणेश वा लक्ष्मीको तस्बिर राख्नु शुभ मानिन्छ ।

२.   घरको प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ। यसले प्रतिष्ठा बढाउँछ। प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ।

३.   मुख्य ढोकाको नजिकै टुटे–फुटेका सामान राख्नु हुँदैन ।

४.   कोठाको कुनातिर ढोका हुनु हुँदैन ।

५.   मुख्य प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ। ।

६.   बाहिरबाट देखिने सबै ढोका एउटै लाइनमा हुनुपर्छ ।

७.   घरको प्रवेश ढोका कोठामा जाने मुख्य ढोकासामु हुनुपर्छ ।

८.   टीकबाट बनेका ढोका शुभ मानिन्छन् ।

९.   घरका सबै झ्यालढोका समान उचाइमा हुनुपर्छ ।

१०.  ढोकाभित्र अर्को ढोका बनाउनु अशुभ मानिन्छ ।

११.  घरको माथिल्लो तल्लाको ढोका तल्लो तल्लाको ढोकाभन्दा केहि सानो हुनुपर्छ ।

१२. ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन।

१३. नैऋत्य र वायव्य कोणमा द्वार बनाउनुपर्छ।

१४. दुईवटा घरका ढोका आमने–सामने हुनु हुँदैन ।

यो पनि पढ्नुहोस्

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार घरको कुन दिशामा के हुनुपर्छ ?

दरिद्रता भित्र्याउने चिजहरु घरमा कहिल्यै नराख्नु

बास्तुशास्त्रका अनुसार यी ५ बस्तुहरु घरमा राख्दा सधै लक्ष्मीको बास हुनेछ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!