जीवन-दर्शन

प्रेममा धोका किन हुन्छ?

प्रेममा धोका किन हुन्छ? भनिन्छ प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । भनिन्छ प्रकृति प्रेमको खानी हो । चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । विलियम सेक्सपियर भन्छन ‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’ । निकोलस स्पार्कस भन्छन ‘प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’ लाओ चु भन्छन ‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा तपाईंलाई साहस मिल्छ ।’

भनिन्छ प्रेममा धोका हुँदैन । धोकामा पो धोका हुन्छ। प्रेममा त प्रेम नै हुन्छ।धोका भयो भने त्यो प्रेम होइन, जाल मात्र हो । प्रेममा मिसावट हुँदैन, मिसावट भएको प्रेम हुँदैन। प्रेम शुद्ध हुन्छ। आजकाल प्रेम गरिन्छ र गराइन्छ । समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै जान्छन् । समयसँगै पहिलेको जस्तो धारणा र सम्पर्कमा कमी आउँदै जान्छ । के तपाईँले प्रेममा धोका पाउनुभएको छ ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। कसैको प्रेममा फस्नु लागू पदार्थको नसामा धुत हुनु जस्तो हुन्छ । प्रेममा धोका हुने कारणहरु यस प्रकार छन्।

१. एक अर्कामा विश्वास नहुदा
२. अपरिपक्वताका कारण
३. व्यक्तिगत स्वार्थ र धनसम्पत्तिका कारण
४. प्रेमलाई नबुझ्दाको परिणाम
५. चाहिनेभन्दा बढी विश्वास गर्दा
६. आपसी असमझदारी बढेपछि
७. इच्छा–आकांक्षा बढी भएर
८. अपेक्षा बढी भएर
९. प्रेमको गलत परिभाषा गर्ने युवापुस्ताको आचरणका कारणले
१०. समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ?

के हो प्रेम ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!