जीवन-दर्शन

के हो प्रेम ?

के हो प्रेम ?

पृष्ठभूमि

संसारमा सबैभन्दा बढी चर्चा भएको कुरा प्रेम नै हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद ‘प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । आज संसारमा जति पनि चलचित्रहरु बनेका छन्, जति जति गीतहरु सुन्नमा आएका छन्, ती सबैमा कुनै न कुनै तरिकाले माया र प्रेमकै भाव र गुणगान गाइएको हुन्छ। तर अझै पनि कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्न सकेको छैन । बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् । मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान गर्दै आएका छन् ।

प्रेमको महत्व

प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी नजानी माया प्रेम गरिरहेका हुन्छन। माया-ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानव जीवनको औचित्य रहन्छ । प्रेम र्सवश्रेष्ठ र शक्तिशाली छ । प्रेम एकमात्र त्यस्तो शक्ति हो, जसले मानिसको जिन्दगी सफल बनाउन सहयोग गर्नसक्छ । कसैको कुनै पनि व्यवहार परिवर्तन गर्न सकिन्छ भने प्रेमले मात्र सकिन्छ ।  भनिन्छ प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ। भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो। प्रकृतिको सबै भन्दा सुन्दर उपहार हो प्रेम र त्यो भन्दा मिठो छ उसको अनुभुती, जो जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ।

भनिन्छ मायामा नै संसार अडिक छ। सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ। मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ। मायाको उद्गम बिन्दु एउटै हो। माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला। मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।

प्रेम कहानीहरू

भनिन्छ एउटा प्रेमीले प्रेमिकालाई वा प्रेमिकाले प्रेमीलाई गर्ने माया अनि एउटा आमाले छोराछोरीलाई गर्ने माया र छोराछोरीले आमालाई गर्ने माया कति छ भन्ने कुरा उनीहरुको आँखाबाट थाहा पाउन सकिन्छ। प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि। प्रेम एउटा अदभुत् अनुभव हुन सक्छ । धेरै प्रेम कहानीहरू छन्। जस्तो कि लैला-मजनु, रोमियो-जुलियट, मुना-मदन, हीर-राँझा, नल-दमयन्ती, सावित्री-सत्यवान आदि। नल-दमयन्ती र सावित्री-सत्यवानका कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन्। सपना, प्रेम र सहयात्रा अथवा समयात्राको सम्बन्ध निक्कै घनिष्ठ हुन्छ। एक्लै हिँडेको बाटो लामो लाग्छ, सहयात्रमा त्यहि दूरी पनि कम र सुखको अनुभुत हुन्छ। एकले अर्काको भावलाई सम्मानका आधारमा बाँधेको हुन्छ र सुन्दर परिवारको परिकल्पनालाई पुरा गरिरहेको हुन्छ। विशेष अर्थमा सात्विक प्रेम प्रेमको त्यो अवस्था हो, जहाँ हुन्छ प्रेम, प्रेम र मात्र प्रेम ।

यो पनि पढ्नुहोस् 

प्रेममा धोका किन हुन्छ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!