टिप्स

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव ! तपाईको औलाको आकार कस्तो  छ ? कुनै औला छोटो कुनै लामो त सबैको  तर हेर्दा कसैको मिलेका हुन्छन् त कसैको नमिलेका हुन्छन् । अब मानिसको खुट्टाको औलाको आकारबाट उसको स्वभावको बारेमा अन्य मानिसले सहजै थाहा पाउन सक्छन् । यदि तपाई पनि अरु कसैको स्वभाव जान्न चाहानुहुन्छ भने अब उनीहरुको खुट्टाको औलाको आकारबाट सहजै पत्ता लगाउन सक्नुहुनेछ । तपाई कुनै पनि मानिसको नजिक हुन चाहानुहुन्छ तर उसको बानी,  व्यहोरा, स्वभाव कस्तो छ भन्ने थाहा पाउन चाहानु भएको छ भने अब तपाईले त्यस्ता मानिसहरुको खुट्टाको औलाको आकार हेर्नुपर्ने हुन्छ । ल त ५ प्रकारका खुट्टाको औलाका आकारबाट मानिसको स्वभाव जान्नुहोस् ।

१. घमण्डी  स्वभाव

यदि खुट्टाको औलामा बुढी औला पछिका औलाहरु लगातार घट्ने क्रममा छन् भने त्यसका मानिसहरु घमण्डी स्वभावका हुन्छन् । यस्ता मानिसहरु जुनसुकै ठाउँमा पनि आफुलाई मान सम्मान मिलोस भन्ने चाहाना राख्छन् र आफुले भनेको सबैले मानुन भन्ने सोच राख्छन् । यदि घरपरिवार तथा समाजमा आफुले भनेको कुरा कसैले मानेनन् भने झट्ट रिसाउँछन् । यस्ता मानिसहरु आफ्नो जीवनसाथी माथि पनि आवश्यकता भन्दा बढि नै अधिकार जमाउन चाहान्छन् ।

२. कडा परिश्रम 

खुट्टाका बुढी  औला पछिका दुईवटा औला बराबर र त्यसपछिका दुईवटा औला छोटा हुने मानिसहरु कडा परिश्रम गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफैले मेहनत गरेर काममा सफलता प्राप्त गर्न रुचाउँछन् । कामको कारणले नै यस्ता मानिसहरुले मान सम्मान प्राप्त पनि गर्छन् । अरु मानिसले गरेको कामको पनि प्रसंसा गर्छन र मेहनती मानिसहरु यिनीहरुलाई मन पर्छ । यस्ता मानिसहरु आफ्नो घरपरिवारमा आफ्नो जिम्मेवारी बहन पनि गर्छन् । यि मानिसहरु आफ्नो कामले गर्दा नै धेरै उपलब्धि हासिल गर्छन् ।

३. अदभुत

जुन मानिसको चोर औला लामो र अन्य औलाहरु छोटा हुन्छन् त्यस्ता व्यत्तीहरु कुनै पनि काम युनिक तरिकाले गर्न रुचाउँछन् ।  कामको बिषयमा यिनिहरुको योजना अरको भन्दा फरक हुन्छ । आफ्नो योजनाको कारण यिनिहरुलाई अलग स्थान पनि मिल्छ । घरपरिवारमा पनि यिनीहरुलाई बिशेष सुख-सुुविधा प्राप्त हुन्छ ।

४. शान्तिप्रिय 
बुढी औला बाहेकका अरु औलाहरु छोटा र लम्बाई पनि बराबर भएका व्यत्तीहरुको स्वभाव शान्तहुन्छ । यिनीहरु शान्त  स्वभावका हुन्छन् । कुनै पनि काम आरामसँग गर्न रुचाउँछन् । यीनिहरु कहिल्यै पनि आवेशमा आउदैनन् । यस्ता व्यत्तीहर आफ्ना बिरोधीहरुसँग पनि शान्तपुर्ण ढगंले विजय प्राप्त गर्छन् । शान्तिप्रिय हुने कारणले गर्दा कहिले काही अल्छी पनि हुन्छन् । जसको कारण काममा पनि ढिला हुन सक्छ ।

५. जाँगरिला

जुन मानिसको चोर औला लामो र त्यसपछिका औलाहरु छोटो हुने क्रममा हुन्छन् त्यस्ता व्यत्तीहरु  एर्जावान हुन्छन् । खासगरी यी ब्यक्तीहरु क्रेजी हुन्छन् । यिनीहरु कुनै पनि काम पुरा जोस रजाँगरका साथ गर्न रुचाउँछन् । यस्ता मानिसहरु मोजमस्त गिर्न पनि रुचाउँछन् । यस्ता मानिसहरु जीवनमा खुसी हुन आनन्द लिनरुचाउँछन् आफु पनि खुसी हुन्छन् र अरुलाई पनि खुसी राख्ने प्रयास गर्छन् ।

यो पनि पढ्नुहोस्

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!