हेल्थ टिप्स

बढि बाँच्न चाहनुहुन्छ भने रुनुहोस् मज्जाले

बढि बाँच्न चाहनुहुन्छ भने रुनुहोस् मज्जाले ! सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको उपज नभई सामान्य प्रक्रिया हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ । कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् ।

मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो । रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै फाइदा पूराउने विज्ञहरु बताउँछन् । हामीले हाँस्दा स्वास्थ्यका लागि राम्रो हुनेबारे धैरै सुनेका छौं । तर रुँदा हुने फाइदाको चर्चा नै हुँदैन।  खासगरी  रुँदा पनि शरीरका लागि धेरै फाइदा हुने अध्यनले देखाएको छ ।

रुनुका फाइदाहरु

१. तनाव बढाउने हर्मोनलाई नियन्त्रण गर्छ

रुने बानीले केवल शरीरमा मात्र होइन मस्तिष्कमा पनि सकारात्मक असर पार्छ । विशेषज्ञहरुका अनुसार रुनाले मान्छेको सरीरमा स्ट्रेस हर्मोन नियन्त्रण हुन्छ र तनाव कम हुन्छ । यसले मुटुको चाललाई पनि नियमित गर्छ ।

२. रोगप्रतिरोधी क्षमता बढाउँछ

सन् २००६ मा भएको अध्ययन अनुसार रुने कामले सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत बन्छ । वास्तवमा पीडा वा दुखदर्दका कारण मानिस जब रुन्छ उसको सरीरमा रोगप्रतिरोधी एन्टवडीहरुको उत्पादन बढि हुन्छ ।

३. दुखाइ कम गर्छ

जापानमा भएको एक शोधका अनुसार जोर्नी दुख्ने रोगीहरु जो मज्जाले रुन्छन् उनीहरुमा दुखाई कम हुन्छ । रोएसँगै पीडितको रगतमा प्रतिरोधी रसायनको स्तर बढ्ने बताइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!