हेल्थ टिप्स

धक फुकाएर रुनुका फाइदै फाइदा

धक फुकाएर रुनुका फाइदै फाइदा !  दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कन्छ । सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । मानिस दुई हिसाबले एउटा खुशीमा र अर्को दुःखमा रुन्छन् । धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको उपज नभई सामान्य प्रक्रिया हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ । कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् । तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ ।

मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो । रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै फाइदा पूराउने विज्ञहरु बताउँछन् । हामीले हाँस्दा स्वास्थ्यका लागि राम्रो हुनेबारे धैरै सुनेका छौं । तर रुँदा हुने फाइदाको चर्चा नै हुँदैन।  खासगरी  रुँदा पनि शरीरका लागि धेरै फाइदा हुने अध्यनले देखाएको छ । मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का हुन्छ ।  रुँदा के–के फाइदा हुन्छ ।

धक फुकाएर रुनुका फाइदै फाइदाहरु

१. तनाव कम गर्छ

अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ । विशेषज्ञहरुका अनुसार रुनाले मान्छेको सरीरमा स्ट्रेस हर्मोन नियन्त्रण हुन्छ र तनाव कम हुन्छ । यसले मुटुको चाललाई पनि नियमित गर्छ ।

२. रोगप्रतिरोधी क्षमता बढाउँछ

सन् २००६ मा भएको अध्ययन अनुसार रुने कामले सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत बन्छ । वास्तवमा पीडा वा दुखदर्दका कारण मानिस जब रुन्छ उसको सरीरमा रोगप्रतिरोधी एन्टवडीहरुको उत्पादन बढि हुन्छ ।

३. दुखाइ कम गर्छ

जापानमा भएको एक शोधका अनुसार जोर्नी दुख्ने रोगीहरु जो मज्जाले रुन्छन् उनीहरुमा दुखाई कम हुन्छ । रोएसँगै पीडितको रगतमा प्रतिरोधी रसायनको स्तर बढ्ने बताइएको छ ।

४. आँखा चम्किलो हुन्छ

आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ, विशेषगरी आँखाका लागि । रुँदा आँखा चम्किलो हुन्छ । जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

५. किटाणु समाप्त हुन्छ

आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ ।

६. विषाक्त पदार्थ बाहिर निकाल्छ

जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।

७. मूड राम्रो हुन्छ

शरीरमा म्याग्नीज बढी हुँदा घबराहट, उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!