राष्ट्रिय समाचार

यमबुद्धको शव नेपाल ल्याइयो, आजै दाहसंस्कार गरिने

 माघ १५ , २०७३, काठमाडौँ । यमबुद्धको शव नेपाल ल्याइयो, आजै दाहसंस्कार गरिने चर्चित र्‍यापर यम बुद्धको शव अपरान्ह ३: ४१ मा इत्तेहाद एयरलाइन्सबाट नेपाल ल्याइएको छ।  उनको पार्थिक शरीर  अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो ।
गत माघ १ मा लन्डनस्थित घरको बाथरुममा झुणडिएर आत्महत्या गरेका उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। उनको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउँदै थियो । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत चर्चित छन्।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!