राष्ट्रिय समाचार

चर्चित गायक एवं र्यापर यम बुद्धको निधन

चर्चित गायक एवं र्यापर यम बुद्धको निधन ! 

जनवरी १४, २०१७, लन्डन । युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका समाचार विवरणमा उल्लेख छ।

उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ। मृत्यु भएको पुष्टी गर्दै कारणबारे पोष्टमार्टम पछि मात्र भन्न सकिने अष्ट्रेलियामा रहेका उनका नातेदार रेश मरहठ्ठाले बताएका छन ।

उनको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउँदै थियो । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply