ज्योतिषशास्त्र

यी ३ राशि भएका पुरुषहरुप्रति प्रेममा महिलाहरू हुन्छन् पागल

प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । कतिपय पुरुषहरू सधैँ यति आकर्षित हुन्छन् कि हरेक महिला उनीहरूको पहिलो नजर मै आफ्नो मुटु दिने गर्छन् अर्थात् प्रेम गर्दछन् । हामी सोच्ने गर्दछौँ कि वास्तवमा यस्तो किन हुन्छ र हरेक महिला यिनीहरूको प्रेममा पर्छन् । हामीलाई लाग्छ कि शायद उनीहरू अरू भन्दा बढी सुन्दर एवम् आकर्षक छन् तर वास्तवमा यो कुरा पूर्ण रूपमा सत्य हुँदैन किनकी यदि ज्योतिषशास्त्रमा ध्यान दिने हो भने त्यसमा भनिएको छ कि केही विशेष राशिका पुरुषहरू आकर्षणको दृष्टिकोणले बाँकी राशिको सुन्दर भन्दा सुन्दर पुरुषलाई पनि पछाडी पार्दछन् । यीमध्ये सबैभन्दा आगाडी तीन राशिको पुरुष पर्दछन्, जसमा बढीजसो महिलाहरू केवल प्रेम मात्र दिन तयार नभई उनीहरूलाई पाउनका लागि कुनै पनि हद पार गर्न तयार हुन्छन् । यी ३ राशि भएका पुरुषहरुप्रति प्रेममा महिलाहरू हुन्छन् पागल, थाहा पाईराख्नुहोस् ।

१. मिथुन राशि

मिथुन राशि हुने पुरुषहरूको व्यक्तित्व निकै बलियो हुन्छ, जसको कारण उनीहरूले सजिलै महिलाहरूलाई आकर्षित गर्ने क्षमता राख्दछन् । यस राशिको पुरुषको विषयमा यो पनि देखिएको छ कि यिनीहरूको केवल एक इशाराले महिलाहरू घायल हुन्छन् । यी पुरुषहरू अरू भन्दा महिलाहरूको विश्वास जित्न माहिर हुन्छन् ।

२. सिंह राशि

वस्तुशास्त्रमा देखिएको छ कि सिंह राशिको पुरुष अन्य पुरुषको तुलनामा बढी रोमान्टिक हुन्छन् । यिनीहरू देख्नमा निकै असल र भद्र हुन्छन्, जो कसैसँग पनि बढी बोल्न रुचाउँदैनन् र यिनीहरूको यहि स्वभावले महिलाहरूलाई प्रेममा पागल बनाउँछ ।

३. तुला राशि

तुला राशि हुने पुरुषहरूको यदि व्यवहारको कुरा गर्दा अरू दोस्रो राशिको पुरुषको तुलनामा निकै रहस्यमय देखिन्छ । यस राशिका पुरुषहरूले बढी कोशिश नगर्दा पनि महिलाहरू यिनीहरूप्रति आकर्षित हुन्छन् । यति मात्र नभई महिलाहरू यी पुरुषसँग मित्रता बढाउन निकै उत्साहित हुन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु

पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!