ज्योतिषशास्त्र

हेर्नुहोस् कुन-कुन अक्षरबाट नाम शुरु हुने जोडीहरु प्रेम सफल

भनिन्छ जोडी स्वर्गमै बन्ने गर्छ । प्रेम जोडी सबैको प्रेम सफल हुन्छ भन्ने पनि हुदैन भने विवाहपछि पनि जोडीको सम्बन्ध टुटेको समाजमा सुन्न र देख्न पाइने गरिन्छ । भगवानले बनाएको जोडी सात जन्मसम्म पनि संगै रहने कुरा हाम्रो धार्मिक ग्रन्थहरुमा बताइने गरिन्छ। आज हामी तपाईलाई कुन-कुन अक्षरबाट नाम शुरु भएका जोडीको प्रेम सफल हुने गर्छ भन्ने विषयमा जानकारी दिनेछौं।

A र S बाट नाम शुरु हुने जोडी

भन्ने गरिन्छ कि ए र एसबाट नाम शुरु हुने जोडीहरुमा राम्ररी समझदारी हुने गर्छ। यस जोडी हरेक सुख-दु:खमा समेत संगै रहने गर्छन् । यस जोडीवीच यति गहिरो प्रेम रहन जाने गर्छ कि सानो-सानो कुरामा कहिले पनि झैँ-झगडा नगर्ने गर्छन् । प्राय: जसो यस जोडीहरु एक अर्काको भावनाको कदर गर्ने हुँदा सम्बन्ध बलियो रहने गर्छ ।

N र S बाट नाम शुरु हुने जोडी

एक अर्का प्रति अत्याधिक विश्वाश राख्ने यी दुई अक्षरबाट शुरु हुने नामका जोडीहरु प्राय: प्रेम जीवन सही वैवाहरिक जीवनमा सफल रहने गर्छन् । पुरै ईमान्दारीका साथ हरेक पाइलामा एक-अर्कालाई साथ दिने यस जोडीको बिचमा समझदारी हुने गर्छ । साथै एक-अर्काको समस्या समेत बुझ्ने क्षमता भएका कारण प्राय: सम्बन्ध बलियो रहने गर्छ ।

S र R बाट नाम शुरु हुने जोडी

आफ्नो प्रेमीलाई जहिले पनि खुशी राख्नुपर्छ भनि सोच्ने यस जोडीहरुको वीचमा खासै तनावको नआउने हुन्छ, जसका कारण सम्बन्ध सधै बलियो समेत रहने गर्छ । एक अर्काप्रति ईर्ष्याको भाव नहुँदा समेत यस जोडीको प्रेम सम्बन्ध प्राय नटुट्ने गर्छ । जीवनको कुनै पनि पलमा एक अर्काप्रति विमुख नहुने हुँदा यस जोडीको प्रेम साथै वैवाहरिक सम्बन्ध सफल हुने गर्छ ।

A र P बाट नाम शुरु हुने जोडी

एक-अर्का प्रति अत्याधिक वफादार हुने यस जोडीलाई प्रेम साथै वैवाहरिक जीवनमा प्राय: जसो सफलता मिल्ने हुन्छ । एक-अर्काप्रति खासै विरोधको भावना नरहने हुँदा यस जोडी सम्बन्धलाई लिएर खासै तनावमा नहुने गर्छन् । साथै सच्चा साथै चोखो मनले प्रेम गर्ने गर्छन् । दु:खको पलमा पनि एक अर्काको साथ नछोड्ने हुँदा यस प्रकारका जोडीको प्रेमलाई स्वर्गमा बनिएको मान्ने गरिन्छ।

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

मोटी केटीसँग विवाह गर्दा हुने अचम्मका फाइदाहरु

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!