साहित्य-कला

युवाको चाहना

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

हृदयमा माटोको वास्ना पनि मगमग आयो !

म मेरो देशभन्दा धेरै टाढा छु;  तर पनि मेरो देशको सुवास; यो मनमा यसै-यसै मगमग छायो !!१

 

उपाय केहि नै नहुँदा मसड्ग मेरो जन्मभूमिमा; यो पराइको भूमिमा र माटोमा श्रम पोखी;

सन्तान पाल्ने रहर खै किन किन बाध्यताले यसै भूमिमा पो पलायो !!२

 

तर छाती छिया छिया छ जननी, जन्मदाता;

सन्तान र देशको मायाँ, सम्झना र पिडाले !!३

 

जव राष्ट्र साँच्चै राम्रो बन्ला !

हामी युवालाई  पनि सहज रोजगारी मिल्ला !!

गरिखानका लागि कहिँ कतै कहिँ नजाने या जानै नपर्ने वातावरण वन्ला

तव वाचा वन्धन जननीलाई म गरौँला तिम्रै सेवा गरि बस्दछु भनि !!४

 

म वनाउन पाऊँ श्रमले यो मेरो देश सुन्दर  !

पहिरन सँधै होस मेरो नेपाली भेष  !!

गरिखाने बाटाहरु धेरै नै आई रहुन !

नियम कानुनपनि पक्का यहाँ देशमा बनुन् !!५

 

वैदेसिक रोजगारमा कहिल्यै यसरी रुँदै भक्कानिदैँ जानु नपरोस्  !

पराइको भूमि श्रमका खातिर धाउन नपरोस्  !!६

 

बरु आफ्नो ज्ञान पोखी यो जगत पनि म घुमेर आऊँ !

स्वाभिमान नेपालीको म सगरमाथाको शिखरमा पुर्साऊँ !!७

 

मलाई मेरो जीवनके हरेक पल बाँच्न यहाँ रहर छ !

देशको मायाँ यो मुटुमा भक्कानो परेको मेरो छाती भरी छ !!

तर यो देशमा कुनै कानुन नै छैन  !

पार्टिमा नलागि केहि धर पनि छैन; घर पनि हुँदैन !!८

 

मलाई र हामी जस्ताकालागि पनि ईश्वर; मेरो देश बनाई देऊ !

देशमा बस्ने बाता वरण तिमी नै मिलाई देऊ !!

ज्ञान सिप यो देशमा पोख्ने अनि

रमाई रमाई हाँसी हाँसी आफ्नै देशमा बस्ने !!९

 

जन्म दाता एक्लै एक्लै नरोउन् यसरी !

सुनेर भाइवर र म्यासेन्जरमा त्यो मुहार हेरेर यसरी !!

मायालुलाई छाडी कोहि पिन कतै नजाउन् !!

पराईको मुलुकमा ज्ञान श्रम बेचेर देशको शान पनि नविगारुन्  !!१०

 

* शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!