कृषि

युवालाई कृषिमा आकर्षित गरौं

Amit Sangroula
अमित संग्रौला

झापा कृषिप्रधान ठाउँ हो । यहाँका अधिंकाश कृषिमा आश्रित छन् । यो पेशा मान्छेको पुरानो पेशा हो । पछिल्लो समयमा युवावर्गको आकर्षण घट्न थालेको छ । देशमा भएको बेरोजगार गरिबी मुख्य समस्या रहिआएको देखिन्छ । प्राय: युवाहरु रोजगारको सिलसिलामा बिदेश पलायन भएका छन् । घरमा आमाबाबु केटाकेटी मात्र छन् । त्यसैले यहाँका खेतहरु बाँझो नै बन्न पुगेको छ । त्यसकारण कृषिमा प्रोत्साहित गर्न जरुरी छ । परम्परागत धारणा छोडेर बैज्ञानिक रुपमा खेती गर्नुपर्छ । अब केहि दिनमै कृषकहरु हिउँदेबाली लगाउन उत्साहित भएका छन् ।

कृषि सम्बन्धि जनचेतनामुलुक कार्यक्रम बिउबिजन र कृषि हातहतियारलाई सस्तो बनाएर र यसमा सरकारको बिशेष पहल गरिनुपर्छ । झापा कृषिमा अगाडि छ । यहाँनेर धान, मकै, गहुँ, कोदो, फापर खेतीमा राम्रो छ । देशमा धेरै बेरोजगारी बढेको बढ्यै छ । कुनै रोजगार सृजना हुन सकेको छैन । मान्छेको आयस्रोत न्यून छ । आफ्नो देश छोडेर अर्कै देशमा काम गर्नुपर्ने बाध्यता छ । यहाँ दक्ष जनशक्तिको अभाव न्यून पारिश्रिक, कामदार नभेटिनु, युवाहरुमा बिदेशको मोह हुनु ।

केहि वर्ष यतादेखि कृषि क्षेत्रमा निराशाजनक छाएको छ । कृषि पेशा गरेर केहि गर्न सकिदैन भन्ने उनीहरुको मानसिकता छ । सबै युवावर्गहरुमा सोच परिवर्तन हुन आवश्यक छ । अहिलेको यो समयमा कृषि पेशा आधुनिकीकरण हुन जरुरी छ । धेरैले खेती गर्न छोडीसके त्यसकारण यो क्षेत्रमा सकारात्मक परिवर्तन आउनुपर्छ । आजभोलि प्रविधिको जमाना छ । कुनै पनि काम छिटो छरितो हुन्छ । सरकारको गर्ने काममा दिलासुस्ती रहेको छ । देशमा भएको गरिबी बेरोजगार र शिक्षाको कमि र दिनानुदिन भ्रष्टाचारले जरो गाडेको छ । त्यो भएर समाजमा विकृति फैलिएको छ । देशमा केहि गर्न सक्ने वातावरण हुनुपर्छ । स्थानीय तहबाट नै पहल होस् । यो क्षेत्रमा आउने कृषकहरुलाई विभिन्न तालिमहरु सिकाएर उनीहरुलाई दक्ष बनाउन सकिन्छ ।

कृषि सम्बन्धि चेतना दिन सकिन्छ । यो क्षेत्रमा पनि केहि गर्न सकिन्छ भन्ने आत्माविश्वास हुनुपर्छ । यसमा हामी परिवर्तन हुन जरुरी देखिएको छ । यसतर्फ युवावर्गमा जागरूक बन्नुपर्ने आवस्यक छ । यो कुरा युवाहरुमा ध्यान जाओस् । आर्थिक विकास समृद्धिको लागि युवाको ठुलो भुमिका रहेको हुन्छ । तसर्थ यो क्षेत्रमा पनि सकारात्मक परिवर्तन आउनसके र युवाहरुलाई कृषिमा  आकर्षित गर्न सकियो भने देश विकासतर्फ लाग्न केहि बेर लाग्दैन । (फोटो स्रोत द हिमालयन टाईम्स)

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा लेखक तथा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!