मुख्य समाचार

नेपाली कांग्रेसबाट को को बन्दैछन् मन्त्री ?

श्रावण ९, २०७४ ।  मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलबीच आइतबार नै छलफल भएको थियो । सरकार गठन भएको डेढ महिना भइसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनलाई हिजो प्रचण्डले भेटेर छिटो विस्तार गर्न आग्रह गरेका थिए । कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएकाले मंगलबार सरकार बिस्तार हुने भएको हो ।

सत्ता साझेदार माओबादीका अध्यक्षले मन्त्रिपरिषद बिस्तार नहुदा आफुलाई लाज लागेको बताउदै हिजो आयोजित पत्रकार सम्मेलनमा आज सोमबार क्याबिनेट बिस्तार हुने बताएपनि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको चर्चा यस प्रकार छ :

प्रधानमन्त्री देउवाले आफ्नो गुटबाट मिन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेतलाई मन्त्री बनाउने भएका छन् । देउवाले मंत्री बनाउन लागेकी अम्बिका बस्नेतले उनलाई तिहारको भाईटिका लगाइदिने गरेकी छिन।

कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट मन्त्री हुनेको नाम बुझाइसकेका छन् । जसमा बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डेको नाम समावेश भएको छ । यस्तै, मोहनबहादुर बस्नेत र भीमसेनदास प्रधान क्रमशः खुमबहादुर खड्का र कृष्ण सिटौला पक्षबाट मन्त्री बन्ने पक्का भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!