मुख्य समाचार

माओवादी केन्द्रबाट को को बन्दैछन् मन्त्री ?

श्रावण ९, २०७४ । नेकपा माओवादी केन्द्रले पाएको ९ मन्त्रालयमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी भएका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् भने जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह शहरी विकास मन्त्री बनिसकेका छन् । बाँकी ६ वटा मन्त्रालयमा १ जना महिलाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने अवस्था छ । नेपालको राजनीतिमा युवालाई राजनीतिमा अगाडी ल्याउनेमा र मन्त्री बनाउनेमा नेकपा माओवादी केन्द्र अग्रपङ्तिमा रहेको कुरामा यस पार्टीलाई मुक्तकण्ठले प्रशशा गर्नैपर्छ । अधिकाश नेकपा माओवादी केन्द्रका सांसदको उमेर ३५-४५ बर्षको रहनुका साथै ४० बर्ष भन्दा काम उमेरका सांसद पनि मन्त्री बनी सकेका छन । नत्रभने नेपाली राजनीतिमा पहिल-पहिला मन्त्री हुन ५० बर्ष नाघेको र हल्का केश फुल्नुपर्ने जस्तो सस्कार रहेको थियो ।

माओवादीबाट मन्त्री बन्नेहरुको चर्चा यस प्रकार छ :

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम लगभग टुंगो लगाएको अवस्था छ। माओवादी केन्द्रले पार्टीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डलको नाम टुंगो लगाएको एक नेताले बताए। त्यस्तै रामनारायण बिडारी, हितराज पाण्डे र गिरिजामणि पोखरेलमध्ये एक जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ । थारु समुदायको प्रतिनिधित्व गर्ने गरी सन्त कुमार थारुको पनि चर्चा चलिरहेको छ । महिलाबाट सीता नेपाली र आशा खनालमध्ये एक जना मन्त्री हुने चर्चा छ । प्राप्त जानकारी अनुसार टेकबहादुर बस्नेत कृषि मन्त्री,  श्यामकुमार श्रेष्ठ सामान्य प्रशासन मन्त्री, महेन्द्रबहादुर शाही ऊर्जामन्त्री, शिवकुमार मण्डललाई आपूर्तिमन्त्रीमा सिफारिस गरिनेछ ।

भौगोलिक रुपमा धेरै पिछाडिएको सल्यान- १ बाट मरिचमान सिंह श्रेष्ठ पछाडि  कुनै मन्त्री भएका छैनन । सल्यानी जनताको चाहना पनि यहि भएकोले सल्यानबाट प्रतिनिधित्व गर्ने सांसदले सरकारको कुनै मन्त्रालय सम्हाले जनयुद्धमा त्याग गरेका सल्यानीको न्याय हुनेछ । गणतन्त्र आएपछि सल्यानसंग सिमा जोडिएका रोल्पा, रुकुम र जाजरकोटबाट पटक पटक मन्त्रीमण्डलमा प्रतिनिधित्व भएतापनि सल्यानबाट कुनैपनि व्यक्ति मन्त्री बन्न सकेका छैनन् । २ पटक सल्यानवाट प्रत्यक्ष निर्वाचित संसद र युद्धकालमा पनि प्रभावकारी भूमिका निभाएका टेक बहादुर बस्नेतलाई अघिल्लो पटकको प्रचण्डको नेतृत्वको सरकारमा मन्त्री बनाउनुपर्ने भएतापनि पार्टीमा समायोजन गर्दा छुटेकोले यस पटक उनलाई अनिवार्य रुपमा मन्त्री बनाउनुपर्ने पार्टीमा बाध्यता पनि छ ।

त्यस्तै  रामेछाप-२ वाट प्रत्यक्ष निर्वाचित सांसद श्याम कुमार श्रेष्ठ २०४३ सालदेखि नै विद्यार्थी राजनीति शुरु गरी पार्टीमा राम्रो छवि बनाएका क्षमतावान युवा नेताको रुपमा चिनिन्छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट-१ बाट प्रत्यक्ष निर्वाचित सांसद महेन्द्रबहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन । माओवादीका पुर्व डिभिजन कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहनुका साथै युवा र कर्णाली दुवैलाई प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउनुपर्ने पार्टीमा चर्चा छ । मोरङ-४ वाट प्रत्यक्ष निर्वाचित सांसद शिवकुमार मण्डल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं मोरङ जिल्ला ईञ्चार्ज पनि हुन । मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष  र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा बसेर काम गर्नुभयो ।

माओवादीबाट राज्यमन्त्री बन्नेहरुको चर्चा यस प्रकार छ :

नेकपा माओवादी केन्द्रका एक जना नेताको अनुसार राज्यमन्त्रीमा बेदमाया भण्डारी, ओंगदी शेर्पा, रुपा महर्जन, राममाया बोगटी, सिर्जना तमाखु, निशा शाह, मोहन टुडु, कर्ण बहादुर विकको सम्भावना रहेको छ । साथै शेर्पा समुदायको प्रतिनिधित्व र एउटा प्रदेशबाट १ जना समेट्नपर्ने अवस्थालाई हेर्दा ओंगदी शेर्पाको प्रवल सम्भावना देखिन्छ । त्यस्तै शहिद श्रीमती भएकोले बेदमाया भण्डारी र रुपा महर्जनको पनि सम्भावना बलियो छ । यसैगरी पार्टीमा ठुलो योगदान गरेका स्वर्गीय पोष्टबहादुर बोगटीकी धर्मपत्नी राम माया बोगटीलाई राज्यमन्त्री बनाएमा स्वर्गीय बोगटीले पार्टीलाई गरेको योगदानको उचित कदर हुनेछ । तराईको पिछडिएको अल्पसख्यक समुदायको प्रतिनिधित्व गर्ने गरी मोहन टुडु र दलित समुदायको प्रतिनिधित्व गर्ने गरी कर्ण बहादुर विकलाई राज्यमन्त्री बनाउनुपर्ने पार्टीमा चर्चा छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!