राजनीतिराष्ट्रिय समाचार

निर्वाचन आयोगले अध्यक्षसंग एमाले आचारसंहिता उल्लंघनको स्पष्टीकरण माग्यो

१३ मंसीर, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच राष्ट्रिय दैनिक पत्रिकालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी दिएको हो ।

नेकपा एमालेले मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्विर सहित एमालेका चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको सन्देश सहितको विज्ञापन पहिलो पृष्ठमा छपाएको थियो।

आयोगको विज्ञप्तिमा उल्लेख भए अनुसार आयोगले नेकपा एमाले अध्यक्ष ओलीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,‘आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचार संहिता, २०७२ को दफा ५ को खण्ड (ख १) को उपखण्ड(२) विपरित मिति २०७४।०८।१२ गतेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैीनक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायतका पत्रिकामा तहाँ पार्टीका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको तस्विर सहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ। उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिदा यहाँलाई कारवाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएका मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!