राजनीतिराष्ट्रिय समाचार

निर्वाचन आयोगको अनुसार पहिलो चरण अन्तर्गत ८० % स्थानको मतपेटिका संकलन

१२ मंसिर,  काठमाडौँ । निर्वाचन आयोगका अनुसार आइतबार मतदान भएका ४४६५ मतदान केन्द्रमध्ये ८० प्रतिशत स्थानको मतपेटिका संकलन भइसकेको छ। कुल २९१७ मध्ये मंगलबार रातिसम्म २४१० मतपेटिका जिल्ला सदरमुकाम ल्याई सकिएको प्रवक्ता नवराज ढकालले बताए ।  दुर्गम स्थानका ४० मतपेटिका हेलिकप्टरबाट र ४६७ मतपेटिका पैदलमार्गबाट ढुवानीको काम भइरहेको उनले जनाए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपेटिकाको सुरक्षालाई लिएर कुनै प्रकारको शंका-उपशंका नगर्न आग्रह गरे । ‘मतपेटिका बिल्कुलै सुरक्षित रहन्छन्, राजनीतिक दल र उम्मेदवारलाई विश्वासमा लिएर मात्रै मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘लामो अवधि मतपेटिका रुँगेर बस्नुपर्दा दल र उम्मेदवारका प्रतिनिधिलाई  ठिनाइ त हुनेछ।’ सुरक्षा व्यवस्थामा मतदानमा झैं पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!