नारीका ३२ लक्षणहरु

नारीका ३२ लक्षणहरु निम्न अनुसार प्रस्तुत गरिएको छ ।

१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा देखिनु,
२. हातका औंला लामा–लामा हुनु,
३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु,
४. छाला नरम हुनु र उमेर ढल्केको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु,
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु,
६. हरिणका जस्ता खुट्टा हुनु,
७. गुप्तांग गुप्त रहनु,
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु, ९ शरीरका अंग सुगठित हुनु,
१०. काँध पुष्ट, चौडा र गोलो हुनु,
११. पाखुरा राम्रोसँग फर्कने हुनु,
१२. लामा पाखुरा हुनु,
१३. सम्पूर्ण शरीर तेजोमय हुनु,
१४. घाँटी शंखजस्तै हुनु,
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु,
१६. बत्तीसवटा दाँत हुनु,
१७. दाँत चम्किला हुनु,
१८. समान र टमक्क मिलेका दाँत हुनु,
१९. स्वच्छ र सुन्दर बंगारा हुनु,
२०. लामो जिब्रो हुनु,
२१. सानोभन्दा सानोका विभिन्न स्वाद लिने क्षमता हुनु,
२२. भँगेराको जस्तो स्वर हुुनु,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु,
२४. आँखीभौं साँढेका जस्ता र नीलकमलको रंगजस्ता हुनु, २५ आँखीभौंका बीचमा कोमल र सूक्ष्म रेखा हुनु,
२६. मिलेको कपाल हुनु,
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु,
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु,
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु,
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु,
३१. तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु,
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।

साभार : हरिहरसिंह राठौरको फेसबुकबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/adminscience/public_html/wp-includes/functions.php on line 4757