राजनीतिराष्ट्रिय समाचार

स्थानीय निकाय पुनः संरचनाबारे ३ दलको सहमतिमा राप्रपा नेपालको आपत्ति

काठमाडौँ, ११ असोज २०७३ । स्थानीय निकाय पुनः संरचनाबारे ३ दलको सहमतिमा राप्रपा नेपालको आपत्ति । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका अन्य साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने जनाएको छ ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सभामुखसँग समय मागेर तीन दलबीच विगतको इलाका (९२७) लाई आधारमा बनाउनेबारे सहमति भएको भन्ने कुरा समाचारबाट थाहा भएको बताउँदै त्यस्तो सहमति भएको हो भने संविधानको उल्लङ्घन र प्रजातान्त्रिक मान्यताको उपहास हुने विचार व्यक्त गर्नुभयो ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय निकायमा ५६५ को सङ्ख्या प्रस्ताव गरेको थियो । उहाँले संविधान बमोजिम गठित स्थानीय निकायले पुनःसंरचना आयोगको कामलाई ओझेल पार्ने गरी तीन दलले एकाधिकारका आधारमा कुनै सहमति गरेमा मान्य नहुने चेतावनी दिनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!