राजनीतिराष्ट्रिय समाचार

संविधान संशोधन प्रस्तावमा हिन्दू राष्ट्रको एजेण्डा राखिनुपर्ने : दिलनाथ गिरी

काठमाडौं, १७ असोज, २०७३ । संविधान संशोधन प्रस्तावमा हिन्दू राष्ट्रको एजेण्डा राखिनुपर्ने : दिलनाथ गिरी । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन प्रस्तावमा हिन्दू राष्ट्रको एजेण्डा समावेश गरिनुपर्ने बताउनुभएको छ । सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै नेता गिरीले मधेसका माग सम्बोधनका लागि सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफूहरुले उठाएको हिन्दू राष्ट्रको एजेण्डा पनि समावेश हुनुपर्ने बताउनुभयो ।

‘संविधान संशोधन गरेर सरकारले मधेसलाई सम्बोधन गर्ने भनिरहेको छ । तर, अहिलेसम्म संशोधनको स्पष्ट खाका बनेको हामीले पाएका छैनौं,’ उहाँले भन्नुभयो,‘यदि संविधान संशोधन हुन्छ भने हिन्दू राष्ट्रको एजेण्डा पनि आउनुपर्छ । सरकारले संशोधन प्रस्तावमा हिन्दू राष्ट्रलाई समेट्नुपर्छ । होइन् भने देशमा अझै शान्ति हुँदैन् । ९४ % हिन्दू धर्मालम्वी भएको देशमा धर्म निरपेक्षता स्वीकार्य छैन् ।’

नेता गिरीले देशमा ९४ % जनतालाई हिन्दू धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने धारणा राख्नुभयो । ‘राप्रपा नेपालले असहमति हुँदाहुँदै संविधानलाई स्वीकार गर्यो । हाम्रो एजेण्डा त्यतिबेला स्थापित हुन सकेन्,’ उहाँले भन्नुभयो- ‘अहिले संविधान संशोधन मार्फत मधेसका मुद्दा सम्बोधन भइरहँदा ९४ % नेपाली जनताको आस्थाको विषयलाई सम्बोधन गरिनुपर्छ । नत्र देशमा शान्ति हुने छैन् ।’ उहाँले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन आवश्यक रहेको भन्दै त्यसो हुन नसके देशमा ठूलो संवैधानिक संकट आउने चेतावनी दिनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!