राजनीतिराष्ट्रिय समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी अस्पताल भर्ना

काठमाडौं,  २०७३ चैत १६, मंगलबार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी अस्पताल भर्ना ! संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी अस्वस्थ्य भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा मन्त्री गिरीलाई भर्ना गरिएको हो । ओम अस्पतालका डा. सुवोध सागर ढकालको चिकित्सक टोली मन्त्री गिरीको उपचारमा खटिएको छ ।

गिरीलाई अर्लि निमोनिया भएको बताइएको छ । चिकित्सकले गिरीलाई केही दिन अस्पतालमै राख्नुपर्ने सल्लाह दिएका छन् । राप्रपाका नेता समेत रहेका मन्त्री गिरीको स्वास्थ्य अवस्थाका विषयमा उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले मंगलबार बिहान अस्पताल पुगेर जानकारी लिएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!