टिप्स

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु ! श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ ।  श्रीमान र श्रीमतीमा चाहे जतिसुकै प्रेम नै किन नहोस् कहिलेकाहीँ त मनमा शंका उब्जिन्छ । कतै श्रीमानले अन्तै आँखा लगाएका त छैनन् ? अझ कुनैबेला श्रीमानले आफ्नो अफिसमा निकै राम्रा केटी कर्मचारी साथीहरु भएको कुरा सुनाएको होओस् त के चाहियो । अझ आजकल श्रीमान पतिदेव अफिसबाट घर आउन ढिला गर्न थाल्नुभएको छ ।

आफ्नो मोबाइलको अनलक गर्ने पासवर्ड पनि बताउनुहुन्न । यस्तोमा धेरै श्रीमतीहरुले अनुमान गर्ने कुरा हो, कतै श्रीमानको अन्तै चक्कर त चलिरहेको छैन ? यहीँ सोँचबाट शंकाको बीउ टुसाउन थाल्दछ । यो बिरुवा उमि्रएपछि त्यसलाई अझै शंकाको मलपानी हालेर हुर्काउनु बढाउनु भन्दा पहिले सोँच्नुपर्दछ की तपाइँले जे सोची रहनुभएको छ त्यो यथार्थ हो की केवल तपाइँको मनको शंका मात्र ? आजको यो भौतिकवादी संसारमा परिवारमा यो ठुलो रोग हुदै गईरहेको छ । त्यसैले श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु यसप्रकार छन् ।

१. श्रीमान वा श्रीमतीका  साथीहरुसँग मित्रता

श्रीमानका  साथीहरुसँग मित्रता कायम गर्नुहोस् । जसका कारण तपाइँ आफ्नो श्रीमान घरबाहिर अफिसमा रहेको बेला पनि ऊमाथि निगरानी राख्न सक्नुहुन्छ । त्यस्तै श्रीमानले पनि श्रीमतीका  साथीहरुसँग मित्रता कायम गर्नुहोस् । जसका कारण तपाइँ आफ्नी श्रीमती घरबाहिर अफिसमा रहेको बेला पनि ऊमाथि निगरानी राख्न सक्नुहुन्छ ।

२. श्रीमान वा श्रीमतीको अफिसको नम्बर

श्रीमतीले श्रीमानको अफिसको नम्बर अवश्य राख्नुहोस् । जब श्रीमानले मोबाइलमा फोन गर्दा उठाउँदैनन् उनको अफिसको नम्बरमा फोन गरेर कुराकानी गर्नुहोस् र अवस्था बुझ्नुहोस् । त्यस्तै श्रीमानले श्रीमतीको अफिसको नम्बर अवश्य राख्नुहोस् । जब श्रीमतीले मोबाइलमा फोन गर्दा उठाउँदैनन् उनको अफिसको नम्बरमा फोन गरेर कुराकानी गर्नुहोस् र अवस्था बुझ्नुहोस् ।

३. श्रीमान वा श्रीमतीका सासु ससुरा कुराकानी

श्रीमतीले सासु ससुरालाई सधै विश्वासमा राख्नुहोस् र पर्याप्त कुराकानी गर्नुहोस् । त्यस्तै श्रीमानले पनि आफ्ना सासु ससुरालाई सधै विश्वासमा राख्नुहोस् र पर्याप्त कुराकानी गर्नुहोस् ।

४. मोबाइल फोनको निगरानी

जब श्रीमानले मोबाइल खोल्दैछ तब नजर डुलाउनुहोस् र उसले थिच्ने पासवर्ड कण्ठस्थ गर्नुहोस् । मोबाइल छाडेर पति कतै गएको बेला उनको मोबाइल फोन चेक गर्नुहोस् । यद्यपि कसैको मोबाइल फोन चेकजाँच गर्नु गलत हो । तर तपाइँको मनमा भएको शका हटाउनका लागि यो आवश्यक छ । त्यस्तै श्रीमानले पनि यो प्रक्रिया लागु गर्नुहोस् ।

५.  जासुसी

श्रीमतीले जासुसी गरिरहेको कुरा पत्तो नदिनुहोस् र सुक्ष्म रुपमा पतिका आनीवानी, घुमफिर, साथीसँगीहरुसँगको सम्बन्ध लगायतका विषयमा अध्ययन गर्नुहोस् । त्यस्तै श्रीमानले पनि यो प्रक्रिया लागु गर्नुहोस् ।

६. दिल खोलेर कुराकानी

यद्यपि आफ्नो मनमा पलाएको शंका भगाउने सबैभन्दा राम्रो तरिका त सिधै मन खोलेर श्रीमान र श्रीमती दिल खोलेर कुराकानी गर्नु नै हो । यदि पार्टनरले कुरा लुकाउँछ र ढाँट्दछ भने चाहीँ यी गुप्त उपायहरु अपनाउन सक्नुहुन्छ । पक्कै पनि यी टिप्सहरुवाट फाइदा लिनु भयो भन्ने आशा छ ।

यो पनि पढनुहोस्

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!