जीवन-दर्शन

रिसालु श्रीमतीलाई फकाउने टिप्सहरु

श्रीमान र श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमती बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।

वैवाहिक जीवनमा उतार-चढाव र श्रीमतीको बिचारमा अन्तर हुनु स्वाभाविक हो । कहिलेकाहीँ एक जना धेरै डोमिनेटिङ्ग हुन सक्छ । यदि श्रीमानले आफ्नै कुरा मान्नुपर्छ भन्ने सोच्छन् भने श्रीमती चुप रहने प्रयास गरेर सामाजस्य बढाउने कोशिस गर्छे र यदि श्रीमती कुरा करामा बहस गर्छे भने घरमा शान्ति बनाइ राख्ने भुमिका श्रीमानले निभाउनु पर्छ । रिसालु श्रीमतीलाई फकाउने टिप्सहरु निम्न अनुसार छन् ।

यो पनि पढनुहोस्

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

श्रीमतीलाई खुशी बनाउने २५ टिप्सहरु

१. कुन कुराले रिसाएको हो जान्ने कोसिस गर्नुहोस्

श्रीमान श्रीमतीले एक अर्काको स्वाभाव बुझ्न धेरै आवश्यक हुन्छ । श्रीमती हरेक कुरामा त रिसाउदैनन् होलिन्, बिनाकारण कोही पनि रिसाउदैन । त्यो कुरा र अवस्थालाई ध्यान दिनुहोस्, जुन कुराले श्रीमतीलाई रिस उठ्छ । यदि उसलाई बुझ्नुभयो भने यस्तो अवस्था उत्पन्न् हुनबाट बचाउन सकिन्छ र श्रीमतीको रिसलाई सामना गर्नबाट बच्न सक्नुहुन्छ ।

२. आफ्नो व्यवहारलाई चेक गर्दै गर्नुहोस्

हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उनलाई मन पर्दैन । तपाईका लागि त्यस्तो व्यवहार या बानीलाई परिर्वतन गर्न असम्भव नै भएपनि श्रीमती सामुन्ने तपाई त्यस्तो कुरा नगर्नुहोस्, जसले उनीभित्र रिस पैदा होस् ।

३. गल्ती स्वीकार्नुहोस्

गल्ती सबैबाट हुन्छ । तपाई आफ्नो गल्ती स्वीकार्नुहोस् भन्ने श्रीमती चाहान्छिन् भने यसमा नराम्रो नै के छ र ? यस प्रकार उसलाई पनि राम्रो लाग्छ र तपाईलाई पनि उसको क्रोधबाट चाँडै छुटकारा मिल्छ । हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उसलाई मन पर्दैन । तपाईका लागि त्यस्तो व्यवहार या बानीलाई परिर्वतन गर्न असम्भव नै भएपनि श्रीमती सामुन्ने तपाई त्यस्तो कुरा नगर्नुहोस्, जसले उभित्र रिस पैदा होस् । कुरा जब गल्तीको हुन्छ, आफ्नो ईगोलाई एकातिर राख्नुहोस् कुरा चाँडै मिल्छ ।

४. उनको कुरा सुन्नुहोस्

सायद उनी कोही पनि उनको कुरा सुन्न तयार छैनन् भनेर पनि रिसाइ रहेकी हुन सक्छिन् । न अफिसमा हाकिम, न घरमा छोराछारी, न श्रीमान । यस संसारमा धेरे मानिस यसै कारणले डिप्रेसनमा रहेका हुन्छन् कि उसको कुरा उसको कुरा सुन्ने र उसलाई बुझ्ने कोही छैन् । जब उनी क्रोधित हुन्छिन् उनको मानसिक अवस्थालाई हेरेर उनको कुरा सुन्नुहोस् ।

Like & Follow us on Facebook

५. शान्त हुने समय दिनुहोस् ।

तपाईलाई आफ्ना श्रीमतीलाई रिस उठिरहेको छ जस्तो लाग्यो भने उसलाई चुप लगाउने या कुनै प्रतिक्रिया दिनुहोस् । बीचमा बोल्ने या नराम्रो भन्यो भने कुरा बढ्छ जान्छ । हुनसक्छ, तपाई उसको कुरा सुन्नुहुन्न, जे भन्न चाहान्छिन् तपाई भन्ने मौका दिनुहोस् । उनको कुरालाई ध्यान दिएर सुन्नुहोस् । हुनसक्छ, तपाईले यसो गर्नुभयो भने रिसको साहारा लिन नपरोस् ।

६. उनलाई स्पेस दिनुहोस्

उनलाई स्पेस दिनुहोस् ताकी उनलाई आफ्नो गल्ति महशुस हुन्छ या तपाईसंग आएर सरी पनि भन्न सक्छिन् । मनोबैज्ञानिकका अनुसार जो मानिसलाई धेरै बढी उठ्छ जति चाँडो रिस उठ्छ त्यति नै चाडो रिस शान्त पनि हुन्छ । यदि कुनै कारण तपाईकी श्रीमतीको पारा तात्यो हुनत यस्तो गर्न गार्हो हुन्छ तर कोशिस गर्नुहोस्, त्यो समयमा आफ्नो अनुहारमा खुशी ल्याइ रहनुहोस् । फेरि हेर्नुहोस् कसरी तपाईकी श्रीमती शान्त हुन्छिन् । हुनसक्छ, उनले आफुलाई तपाईले गिज्याइरहेको महशुस गर्न सक्छिन् ।

७. धैर्य बनाई रहनुहोस्

आफ्नो रिसालु श्रीमतीका साथ निभाउन तपाईले धैर्य गर्नुपर्छ । तपाईलाई बहिलेकाहीँ यति सानो सानो कुरामा किन रिसाएको होला भन्ने पनि लाग्छ उसले किन यस्तो रिएक्ट गरेकी भन्ने पनि लाग्न सक्ला तर यस्तोमा उनलाई रोक्ने या उनीसंग रिसाउने गर्नुभयो भने उनको रिस झन बढ्छ । तपाई धैर्य नै गरिरहनुहोस् बरु हुन्छ भने उसको अगाडी नबस्नुहोस्, यसले कमसेकम तपाईको सहननशक्तिले त आफ्नो ठाँउ छोड्दैन् ।

८. घरबाट बाहिर जानुहोस्

यदि उनी धेरै रिसाएकी छन् भने तपाई घरबाट नै बाहिर जानु राम्रो हुन्छ । जब तपाईँ फर्कनुहुन्छ, उनी शान्त भइसकेकी हुन्छिन् । यदि उनलाई कोही अरु संग रिस उठेको छ भने दुवैजना वाकमा जानुहोस्, यसले तपाईकी श्रीमती र तपाईँ दुबैजनालाई रिल्याक्स हुन सहयोग पुग्छ ।

९. सर्पोट गर्नुहोस

धेरैजसो श्रीमती आफ्नो श्रीमानबाट सर्पोट चाहान्छन् । यदि तपाईँकी श्रीमती कुनै कुरामा गलत नै भए पनि रिसाएको समयमा उनलाई सही देखाउने या बहस गर्ने प्रयास नगर्नुहोस् बरु सही सही समयको प्रतिक्षा गर्नुहोस् । यदि उनलाई उनको श्रीमानले सपोर्ट गरिरहेको छ जस्तो लाग्छ भने उनलाई राहातको महसुस हुन्छ । जसकारण उनको रिस नियन्त्रणमा सहयोग मिल्छ । मनोवेज्ञानिक अनुसार तपाईँ उनको इमोसन्समा कन्ट्रोल गर्ने र सल्लाह दिनको बदला आफ्नो मुख बन्द गर्नुहोस् र हाँसी राख्नुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!