Uncategorized

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु ! श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । विवाहपछि स्त्री र पुरुषको सम्बन्धलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । तर विभिन्न धर्मशास्त्र र पुराणमा केही यस्ता दिनहरु पनि हुन्छन् जुन दिन श्रीमान र श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन । श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु यस प्रकार छन् ।

१. श्राद्ध र पितृपक्ष

श्राद्ध वा पितृपक्षका दिन पनि श्रीमान र श्रीमती एकअर्कादेखि टाढै हुनुपर्छ ।

२. व्रत

जुन दिन स्त्री वा पुरुषको व्रत हुन्छ । त्यो दिन पनि श्रीमान र श्रीमतीले कुनै शारीरिक सम्पर्क बनाउनु हुँदैन ।

३. औँसी

धर्मशास्त्रका अनुसार ओँसीको दिन श्रीमान र श्रीमती एकअर्कादेखि टाढा रहनुपर्छ । अर्थात शारीरिक सम्बन्ध बनाउनु हुँदैन । यस दिन सम्बन्ध बनाउनाले उनीहरुको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

४. पूर्णीमा

औँसी जस्तै पूर्णीमाको रात पनि विवाहित दम्पत्तिका लागि शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ । यस समय पनि जोडी एकअर्कादेखि टाढा बस्नुपर्छ ।

५. सक्रान्ति

सक्रान्तिमा पनि श्रीमान र श्रीमती एकअर्काको नजिक हुनु उत्तम मानिदैन । त्यसैले यस दिन शारीरिक सम्बन्ध नबनाए कै राम्रो हुन्छ ।

६. आइतबार

पुराणका अनुसार आइतबार पनि श्रीमान र श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

७. चतुर्थी र अष्टमी

चतुर्थी रअष्टमी तिथीमा पनि विवाहित दम्पत्ति एकअर्कादेखि टाढा हुनुपर्ने हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!