खानपानहेल्थ टिप्स

रातो चिया पिउनुको फाइदा

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

चियाको आविष्कार पाँच हजार वर्ष अगाडि चीनमा भएको हो। संसारमा सबैभन्दा धैरै चिया चीनमा उत्पादन हुन्छ र सबैभन्दा बढी चिया पनि चीनमै खपत हुन्छ। चीनले मात्र विश्वको ३५ प्रतिशत चिया उत्पादन गर्छ। चीनका चिया उत्पादन हुने विभिन्न प्रान्त मध्ये फुचियान महत्वपूर्ण मानिन्छ। चीनको दक्षिण पूर्वमा रहेको फुचियान प्रान्त चियाका लागि विश्वमै प्रख्यात छ। दूध चिया भन्दा कालो चिया फाइदाजनक हुने गर्छ ।अहिले जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइहाल्यो । तर, चियामा सबैको रोजाई एकै हुँदैन । कोहि कालो चियाका त कोहि दूध चिया मनपराउँछन् ।

अँझ स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ ।

धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि हानिकारक

हामी दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भन्ने कुरा हामीले अनुमान पनि गरेका हुदैनौ । हालै संयुक्त राष्ट्रसंघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानमा धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खराब हुने देखाएको छ ।

अनुसन्धानमा तातो चिया पिउदा पिउने व्यक्तिको खाना नलिमा क्षति पुग्ने बताइएको छ । यो अनुसन्धान ति देशहरुमा गरिएको थियो जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन् । अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पी पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसको कारण खाना नलीमा क्यान्सर हुन् सक्ने अनुसन्धानले देखाएको छ ।

तातो चिया नपिउदासम्म मजा नआउने चिया पारखीको सोच छ । चाहे जेहोस तातो प्येय पदार्थ होस या खाना खादा स्वास्थ्यलाई ध्यान दिने बानी बसालौ भन्ने हाम्रो सुझाव छ । कुनैपनि तातो चिजले छाला डडाउन सक्छ । हामीले तातो तातो पदार्थको सेवन गर्दा पहिले जिब्रोलाई हेर्छौं तर भोजन नलिलाई हेर्दैनौ यो कमजोरीलाई हामीले हटाउनुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

चिया र यसका प्रकारहरु

किन कालो चिया नै खाने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!