राजनीतिराष्ट्रिय समाचार

नेकपा एमालेको चियापान कार्यक्रम असोज २९ गते शनिवार

काठमाडौँ, २८ असोज।  नेकपा एमालेले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते भोली शनिवार चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ।

हालको  केन्द्रीय पार्टी कार्यालय  धूम्रबाराही अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि आज भएको बैठकपछि तयारी पूरा भएको सो पार्टीले जनाएको छ ।

पार्टीका सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत नेताले आज सुरक्षा निकाय र सम्बद्ध पक्षसँगको बैठक र चियापान स्थलको अवलोकन गरेका थिए । नेता श्रेष्ठका अनुसार कार्यक्रमस्थलको मूल प्रवेश ढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्नेछन् ।

त्यस्तै सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गर्नुभएको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!