मुख्य समाचार

प्रेमबहादुर सिंहद्वारा बिज्ञान तथा प्रबिधि मन्त्रालयको पदभार ग्रहण

२७ फाल्गुन, २०७३। प्रेमबहादुर सिंहद्वारा बिज्ञान तथा प्रबिधि मन्त्रालयको पदभार ग्रहण ! समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बिज्ञान तथा प्रबिधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । उहाँले यस अघि तीन पटक कानुनमन्त्री र दुई पटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएको छ। अनुभवी मन्त्री पाएकोमा कर्मचारीहरु लगायत अन्य सरोकारवाला निकायका सवै आशावादी भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः मन्त्रिपरिषद्‍ विस्तार गरी हेरफेर गरे अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी थियो ।

२१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको संज्ञा नै दिइएको छ । ‘राष्ट्र निर्माणको लागि बिज्ञान र प्रबिधि’, ‘बिज्ञान प्रबिधि र आविष्कार दिगो बिकाशको आधार’, ‘बिज्ञान प्रबिधि र आविष्कार सम्वृद्धिको आधार’, ‘विज्ञान र प्रविधि देशको समृद्घि’ यी धेरै नाराहरु लिएर यो मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ । तर अब ‘बिज्ञान प्रबिधि र आविष्कार सुशासनको आधार’ भन्ने अमुल नाराका साथ देशमा बिज्ञान तथा प्रबिधिको बिकासको लागि अघि बढ्नुपर्ने कुरा उहाँले बताउनु भएको छ । बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रयोगका लागि बजेटको अभाव नहुने तर स्पष्ठ नीति र योजनाहरु  बनाई अघि बढ्नुपर्ने कुरामा उँहाले जोड भएको छ ।

राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिको क्षेत्रका विज्ञ, बैज्ञनिकहरुसँग सल्लाह र सुझाव लिएर अगाडि बढ्न सके मात्र दीर्घकालीन रुपमा विज्ञान र प्रविधिको विकास गर्न सकिन्छ होइन भने हामी सँधै परनिर्भर मात्रै रहीरहने छौं । देश आर्थिक रुपले सम्पन्न भई सकेपछि मात्र विज्ञान र प्रविधिको विकास गरौंला भन्ने सोच राखियो भने हाम्रो परनिर्भरता अझै बढ्ने छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु  हाम्रो देशको आवश्यकता हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!