राजनीतिराष्ट्रिय समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलनाथ गिरी नियुक्त

काठमाडौँ, बिहिबार, २७ फागुन, २०७३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलनाथ गिरी नियुक्त ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका छन् । यस्तै यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी तथा  खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने चर्चा चलेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कायालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!