स्वास्थ्य

धनुष्टंकार रोगविरूध लगाइने टिटी खोपबारे जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धनुष्टंकार रोगविरूध लगाइने टिटी खोपबारे जानकारी ! आवश्यकता समयको माग हो । आज नेपालमा के के चिजको आवश्यक छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ । आज मैले धनुष्टंकारविरूध लगाउने खोपको विषयमा केही लेख्न मन लाग्यो । मानिस सामाजिक प्राणी हो काम गर्दा होस वा जुनसुकै समयमा पनि हतियारले चोट लाग्न सक्छ ।

सवैभन्दा बढी असर गर्भ अवस्थामा लगाउनुपर्ने टिटी खोप नपाउदा ठूलो समस्या भएको देखिन थालेको छ । दुर्घटना, फलाम वा खिया लागेको सामानले चोट पुर्याउदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ ।

टिटानस रोग मुख्यतया सुत्केरी हुने बेलामा फोहर गरेर सुत्केरी गराइयो भने र खिया लागेको वा फोहर ब्लेडले बच्चाको नाल काटियो भने आमा र बच्चामा हुने गर्छ । बच्चामा हुने त्यस खालको टिटानसलाई नियोनेटल टिटानस (Neonatal Tetanus) भनिन्छ । नेपालबाट नियोनेटल टिटानस उन्मुलन भैई सकेको भनेर सन् २००५ डिसेम्बरमा भनिएपनि २००७ मा १३ जना यसका रोगी बच्चाहरु भेटिएका थिए ।

धनुष्टंकार क्लस्त्रिडिउम टिटानी नामक ब्यक्टेरियाको सङ्क्रमणले हुन्छ । धनुष्टंकार प्राय : बच्चालाई लाग्ने रोग हो । मानिस, गाई, घोडा, बाख्रा जस्ता जनावरको दिसा, खिया लागेका हतियार, प्रदुषित माटो वा बच्चाको नाइटोबाट शरीरभित्र जीवाणु प्रवेश गर्दछ ।

आजकल सामान्य हतियार लागे पनि टिटी खोप लगाउने चलन बढी देखिएको छ तर खै नलागेको हतियारले चोट लाग्दैमा टिटी खोप लगाउन आवश्यक हुदैन । आजकल हरेक चिजको फेसन नै बनिसकेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

मधुमेह (Diabetes) र यसको उपचार

पायल्स र यसको सफल उपचार

ग्यास्ट्रिक र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!