स्वास्थ्य

मधुमेह र यसवाट बच्ने उपाय

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो । मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ:

टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह)

मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला “इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस” वा “अपरिपक्व मधुमेह” भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह)

इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्।रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला “इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस” वा “परिपक्व हुन लागेको मधुमेह” भनेर चिनिन्थ्यो । अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन् ।

टाइप थ्री डायबिटिज (तेस्रो प्रकारको मधुमेह)

टाइप ३ को गेस्टेसनल डायबीटीज़ गर्भावस्थामा देखिन सक्छ ।

मधुमेहबाट बच्ने उपाय

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नुपर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ । टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ। टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ।इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्।मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ । गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

मधुमेह र यसका लक्षणहरु

मधुमेह (Diabetes) र यसको उपचार

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!