ज्योतिषशास्त्र

होशियार रहनुहोस यस्ता आँखा हुनेले धोका दिन्छन्

शरीरका अंगबारे अध्ययन गर्ने समुन्द्रशास्त्र ज्योतिष विज्ञानको एक शाखा हो । समुन्द्रशास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुपरेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणी गर्न सकिन्छ । हाम्रा शरीरका अंगमध्ये आँखाको पनि समुन्द्रशास्त्रमा ठूलो महत्व छ । हाम्रो आँखाको रंग अनुसार स्वभाव पनि हुने यो शास्त्रको भनाइ छ । आँखा हेरेर नै मानिसको गोप्य कुरा थाहा पाउन सकिने समुन्द्रशास्त्रीहरु दावी गर्छन् ।

आँखाको नानी

आँखाको नानी खैरो हुने ब्यक्ति प्रभावशाली हुन्छन् । यस्ता ब्यक्तिले अरुलाई सहजै प्रभावित गर्न सक्छन् । त्यतिमात्र होइन यस्ता ब्यक्तिले अरुबाट अनावश्यक फाइदा लिने खतरा पनि हुन्छ । यस्ता ब्यक्ति धोकेवाज पनि सावित हुन्छन् ।

औंला बढी

कुनै पनि ब्यक्तिको १० भन्दा बढी औंला छन् भने त्यस्ता ब्यक्तिले जीवनमा निक्कै धन कमाउँछन् । यस्ता ब्यक्ति प्रसिद्ध हुने पनि सम्भावना बढी हुन्छ ।

दाँतमाथि दाँत

जुन ब्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ त्यस्ता ब्यक्ति विचारशील र साहसी हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो स्वभावबाट अरुलाई प्रभावित गर्न सक्छन् ।

रौं नै रौं हुने

कुनै पनि मानिसको शरीरमा जताततै रौं छ भने त्यस्तो ब्याक्तिको काम बासना उच्च हुन्छ । यस्ता ब्यक्तिले भोग विलाशमा बढी ध्यान दिन्छन् ।

छातीमा रौं

जुन ब्यक्तिको छातीमा अत्याधिक रौं हुन्छ त्यस्ता ब्यक्ति सन्तोषी स्वभावका हुनेछन् । यस्ता ब्यक्तिलाई धनको कमि हुँदैन ।

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यस्ता आँखा हुनेसँग सधै बच्नुस्

प्रेममा धोका किन हुन्छ?

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!