घरेलु उपचारस्वास्थ्य

फिटकरीद्वारा आँखाको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आँखा हाम्रो लागी सवैभन्दा महत्वपूर्ण अँग अन्तर्गत पर्दछ। विश्वका ७०% प्रतिशत जति मानिसहरू आँखाको समस्याबाट पिडित छन् । आँखा पोल्ने, चिलाउने, दुख्ने, सुख्खा हुने, टाढा या नजिकको वस्तु नदेखिने आदि आँखामा आउने समस्याहरु हुन् । आजको आधुनिक युगमा आँखालाई असर गर्न सक्ने मोबाइल, आइप्याड, कम्प्युटर जस्ता सामग्रीले आँखाको समस्यालाई अझ बढाई रहेका छन् । आँखाको समस्याले गर्दा धेरै व्यक्तिले चस्मा लगाउने गर्छन् । त्यस्तै, चस्माको झन्झटबाट मुक्त हुनको लागि केहीले लेन्स लगाउने गर्छन् ।

धेरैलाई आँखामा समस्या आइसकेपछि यसको पूर्ण उपचार हुन नसक्ने भन्ने लाग्छ । तर घरेलु विधिबाट नै आँखाको उपचार गर्न सकिन्छ । आँखा जस्तो संबेदनशील बस्तुमाथि हामी जे पायो त्यही प्रयोग गर्छौं यो नितान्त गलत छ । आँखाको समस्या देखिएमा तुरुन्त आँखा हस्पिटल गएर चेक गराउनु राम्रो हो तर आजको अंकमा मैले सानो बस्तुबाट ठूलो समस्या हल हुने नेत्र ज्वति बढ्नुको साथै आँखाका थुप्रै समस्या हल हुने घरेलु औषधिबारे जानकारी पस्कन गइरहेको छु ।

आजको लेखमा मैले मेरो बुबाले ८० बर्षको उमेरमा पनि चस्मा खोलेर पढ्नु हुन्थेव त्यो रहस्य पाठक सामु जनहितमा प्रसारण गर्दैछु । हामीले दारी फाल्दा अन्तमा प्रयोग हुने फिटकरीबारे जानेका छौं । हरेक नाईको पसलमा फिटकरी देख्न सक्छौं । फिटकरीलाई हामीले पानी सफा गर्न बढी प्रयोग गर्दछौं । फिटकरी सानो बस्तु भईकन वहुमुल्य छ भन्दा अचम्म लाग्न सक्छ । फिटकरी हरेक घरमा राख्न योग्य बस्तु अन्तर गत पर्दछ । फिटकरीलाई आवश्यक अनुसार पानीमा राखेर पकाउनुस र दैनिक आँखा धुनुहोस् । यसले आँखाका सम्पुर्ण रोग फाल्नुको साथै आँखाको ज्वती समेत बढाउनेछ ।

Like & Follow us on Facebook

फिटकरीको अन्य उपचार

१. चोटपटकमा फिटकरी पानीले धुनाले रगत बग्नबाट रोक्दछ ।

२. नियमित फिटकरी पानीले अनुहार सफा गर्नाले चाउरीपना रोक्दछ । बुढो हुदा प्राय फेसमा चाउरीपना हुनाले चाँडो बुढो देखिन सक्छ । फिटकरीले यो समस्या हल गर्दछ ।

३. पसिना गनाउने समस्या आज हरेक व्यक्तिमा देख्न सकिन्छ । पानीको बाल्टिमा फिटकरी पिसेर हाल्नुहोस् र फिटकरी पानीले नुहाउनु होस् यो समस्या हल हुनेछ ।

४. दाँतको समस्या भएमा वा स्वास गनाउने भएमा फिटकरीले कुल्ला गरेमा दन्त रोग ठिक हुन्छ । फिटकरीमा एन्टीबैक्टीरियल गुण भएकाले दाँत दुख्दा समेत फाइदा गर्दछ ।

५. दमको रोगमा पनि फिटकरी बहुमुल्य औषधि अन्तर्गत पर्दछ । फिटकरीलाई मसिनो गरी पिसेको धुलो ४,५ रतिममा थोरै मह मिलाएर चटाएमा दम खोकी निको हुन्छ ।

६. यौन अंग चिलाउने भएमा फिटकरी पानीले धुनुहोस् ठिक हुन्छ ।

यो पनि पढ्नुहोस्

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्ने ९ टिप्सहरु

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

कम्जोर आँखाको ज्योति बढाउने उपाय

होशियार रहनुहोस यस्ता आँखा हुनेले धोका दिन्छन्

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

अल्छी आँखाको उपचार विधि

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!